लेटाङः शनिबार रातिको अविरल वर्षका कारण लेटाङ, गुबावारी, आहाले हुँदै ६ नम्बर बुधबारे जोड्ने सडक अवरुद्ध भएको छ । गुबावारीदेखि केही तल र किराँती चोकदेखि केही माथिको भिरालो भागमा पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।

पहिरोका कारण यातायातका साथै स्थानीयलाई आवतजावतमा समस्या भएको छ । अहिले पहिरो हटाउन एउटा डोजरको प्रयोग भइरहेको वडा नम्बर ६ का वडाध्यक्ष जङ्गवीर तामाङले जानकारी दिए ।