यति खेर मुलुक ईतिहासकै गम्भिर परिस्थितिमा उभिएको छ । आफुलाई संसारकै शक्तिशालि र प्रभावशाली ठान्ने अमेरिका, वेलायत ,चिन जस्ता कयौं देशहरू आज आक्रान्त छन ,सोच्दा नि डर लाग्दो एउटा लाई रोग लागे मा सबै परिवार र नजिकका साथि सबै सखाप हुने डढेलो जस्तो कोरोना भाईरसले भेटी हालो भने विरामि उपचारत के विरामि छेउ छाउमा नि कोई हुने छैन । यति सम्म कि मृत्यु हुदा लास समेत कसैले छुने छैन ।मलामि जाने स्थिति त परै जावस वारिको पाटामा खाल्डा खनि पुरने समेत मान्छे नहुन सक्छ ।यसका पछाडि मेरो विचारमा दुवटा प्रश्न गम्भीर भएर उभिएका छन । 

१. के माल्थस ले भनेझै प्रकृतिले आफै जनसंख्या सनतुलनमा ल्यान लागेको होत ? 

२. यो कुनै विजनेश पोलेशित हैन? 

.यदि प्रकृतिले आफै आफनो सन्तुलन कायम गर्न लागेको हो भने भन्नू केही छैन ।जनसंख्या दैनानु दिन बडिरहेको छ ।प्रकृतिको अत्याधिक रूपमा दोहन भैरहेको छ।मान्छेका ईच्छा आबश्यकता जोमेटीक सेरिजमा वडिरहेका छन।विस्वमानै शक्तिको होड चलिरहेको छ ।  आज प्रविधिको तिव्र विकास मात्र हैन तिव्र विस्फोट भैरहेको छ ।विभिन किसिमका आणविक भटि अणु प्रमाणु वमको परिक्षण र प्रकृतिको उत्खनन ओजोन तहको विनाश क्लोरो फ्लोलोरो कार्वनको अत्याधिक उत्पादन आदिले आज पृथ्विको अस्तित्व माथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ।सबै चिजको आयु समाप्त भए जस्तै के अब पृथ्विको आयु पनि समाप्त हुनत लागेकोत होईन ?  कि डाईनोसर लगायतका विशाल जिवहरू समाप्त भएजस्तै मानिसको नि अस्मिता समाप्त हुनलागेको हो ? यात चाल्स डार्विन ले भनेझै बाच्नका लागि संर्घश जसले प्रकृति अनुरूप आफुलाई रूपान्तरण गर्न सक्छ त्यो बाच्छ जसले सर्घष गर्न सक्दैन त्यो आफै समाप्त भएर जान्छ भन्ने मान्यता लागू हुन लागेको हो त ?

  २.अब कुरो रहयो व्यापार पोलेसिको । के यो कुनै अमुक शक्तिले आफनो व्यापार विस्तार गर्न तयार गरेको विजनेश पोलेशित होईन? कुनै जेनेटिक पधति वाट जिनको कविनेशन दुवारा भाईरसको विकास त गरिएन?भाईरसको विकास गरेर विश्व वजारमा आक्रान्त भैलाउने अनि संसार आधा डडेलो लागेपछि त्यसको भ्याक्सिन आफैले विकास गरि विश्वभर व्यार विस्तार गर्ने कसैको पोलेसित हैन?यदि पोलेसिनै थियो भनेपनि यति खेर त भ्याक्सिन पनि वजारमा आई सक्नु पर्ने?  के भाईरस वनाउदा वनाउदै त्यसको एन्टि वडि बनाउदा नवनाउदै भाईरसको संक्रमणले भाईरस वनाउने मान्छे मरेकाले पो अरू कसैलाई यसको जेनेटिक कोण थाहा नभएर यसको भ्याक्सिन वन्न नसकेको पो होकि?या त यसले तत्काल जेनेटिक कोण पो चेन्ज गर्छ कि?  संशार अन्तिक्ष सम्म प्रभाव जमाई सकेका राष्ट्रहरूको हविगत हेर्दा के हामी परिस्थितिको समना गर्न अझै सकिरहेका छैनौ त ? वैज्ञानिक विज्ञान प्रविधि पनि पुराना र पचिसकेका कुरामा मात्र सक्षम छ? नया परिस्थिति मात सबै अन्जानै छौ त?जे जे भएपनि यो व्यापार पोलेसिचै नहुनु पर्छ यदि कोरोना व्यार पोलेहो भने यो एकदमै निन्दनिय र दानविय कार्य हो।  जनहितका लागि  नियमित रूपमा सावुन पानिले हात धोऔं ।खोक्दा वा हाछ्यु गर्दा सफा रूमालले मुख र नाक छोपौ घर भित्रै बसौ । यदि बाहिर निस्कि हाल्नु परेमा माक्स लगाएर मात्र निस्कौ भिढभाड नगरौ र भिडभाड बाट टाढै बसौ आफु बचौ र अरू लाई नि बचाऔ। ज्वरो आएमा रुघाखोकी लागेमा तुरुनत नजिकैको स्वास्थ्यकेन्द्रमा जानूहोला बिदेशबाट आएको ब्यक्तिले क्वारेन्टाइनमा बस्नु होला ।कोरोना भाइरसका बारेमा थप जानकारिका लागि १११५ मा डाइल गर्नु होला धन्यवाद ।

  (लेखक ओखलढुङगा सुनकोशी गाउपालीका १० स्थाई घर भई हाल महालक्ष्मी नगरपालिका धनकुटाका लेखा प्रमुख हुनुहुन्छ ।)