इटहरीः इटहरीमा सय विद्यालय र सय चोक सफाइ गरेर ३ दिनसम्म संविधान दिवस मनाइने भएको छ ।
भोलि इटहरी उपमहानगरको संयोजनमा कम्तीमा सय विद्यालय र सय चोक सफाइ गरिने भएको हो । भोलि बिहान इटहरीका सबै सरकारी कार्यालय र सङ्घ संस्थालाई आआप्mनो कार्यालय वरपर सफाइ गर्न उपमहानगरले आग्रह गरेको छ ।
त्यस्तै, इटहरीका ३ स्थानमा राम्रो संविधानका रूपमा हाम्रो संविधान विषयक अन्तरमावि वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । भोलिदेखि ४ गतेसम्म प्रत्येक कार्यालयमा साँझ दीपावली गरिने भएको छ । असोज ३ गते साँझ नगरवासीलाई घरघरमा दीपावली गर्न उपमहानगरले आग्रह गरेको छ । असोज ३ गते बिहान ७ बजे नगरपालिकामा भेला भई नौमती बाजा, नेपाली सेना र सशस्त्र प्रहरीको ब्याण्डबाजा तथा विभिन्न सङ्घ संस्थाको ब्यानर र प्लेकार्ड सहित प्रभातफेरीको कार्यक्रम रहेको नगरपालिकाका प्रेस संयोजक लीलाराज भट्टराईले जानकारी दिएका छन् ।