इटहरीः न्यू योर्कमा भएकाे चलचित्र महाेत्सवमा धरानका चलचित्र निर्देशक अरूणकुमरा प्रधान उत्कृष्ट भएका  छन्र । नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले यहीं सेप्टेम्बर १५ र १६ तारिख आयोजना गरेको ‘दोश्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०१८’ मा छनौटमा परेका ९ चलचित्रहरू मध्येबाट याख्खा भाषा मा निर्माण भएको "ओम्ला" बाट अरुण प्रधानले उत्कृष्ट चलचित्र निर्देशक को अवार्ड जित्न सफल भएका हुन ।

41953619_1458169994326515_4335594602833641472_n 1 आदिवासी जनजाति चलचित्र क्षेत्रमा बिशेष योगदान पुर्याएका प्रधान इराकमा मारिएका १२ नेपाली को बिषय बनेको चलचित्र " १२ नेपाली एक चिहान " को पनि निर्देशन पनि गरि सकेका छन । उनले यस चलचित्रबाट चलचित्र बिकास बोर्डले प्रदान गर्ने बिषेश चलचित्रको पुरस्कार पनि प्राप्त गरि सकेको छन ।

राई,लिम्बु,मगर,थारु,राजबन्शी,याख्खा गरि अहिले सम्ममा धेरै आदिवासी जनजाति चलचित्र निर्माण गरेका उनले यो भन्दा अघि Nepal international indigenous film festival 2010 मा लिम्बू चलचित्र " फुङ्वामा" बाट Public choice Award र सोहि फेस्टिभल 2011 मा किरात राई बिषय मा निर्मित " Sweat Drenched Land " ( पसिनाले सिन्चेको भुमी ) बाट Critic Award प्राप्त गर्न सफल भएका थिए ।

41948588_427151607814110_7749064584824094720_n

"ओम्ला" चलचित्र को निर्माण अजय याख्खा को रहेको थियो भने कथा मागमान लिन्खा र छ्यान्कन बाबुराम नेपालीको रहेको थियो । कलाकारहरुमा सागर सिङल , अजय याख्खा , सृजना निङ्लेखु , मागमान लिन्खा रहेका छन । महोत्सवबाट प्रदान गरिएको १० बिधाहरूमा 'बेष्ट मुभी' यारी ( किरात राई ) ‘बेष्ट एक्टर’ राजेश गुरुङले ‘भेंडी गोठाले’ (गुरुङ) चलचित्रबाट, ‘बेष्ट एक्ट्रेस’ भिन्तुना जोशीले ‘स्वयनगु’ (नेवार) चलचित्रबाट, ‘बेष्ट स्टोरी’ प्रिया तामांगले ‘सेम्की तम’ (तामांग) चलचित्रबाट, ‘बेष्ट फिल्म बाई पब्लिक चोईस्’ ‘भेंडी गोठाले’ (गुरुङ) चलचित्र, ‘बेष्ट डाईरेक्टर’ अरूण कुमार प्रधानले ‘ओम्ला’ (याख्खा) चलचित्रबाट, ‘बेष्ट कस्टुम’ ‘स्वयमगु (नेवार) चलचित्र, ‘बेष्ट सिनेमेटोग्राफ़र’ युवराज राईले ‘यारी’ (राई) चलचित्रबाट, ‘बेष्ट स्कृन प्ले’ अमृतमान महर्जनले ‘स्वयनगु’ (नेवार) चलचित्रबाट र ‘बेष्ट म्यूजिक’ रैंयाँ (मगर) चलचित्रले प्राप्त गर्न सफल भएकाछन्।

त्यसैगरी, छनौटमा परेका ३ वटा लघु चलचित्रहरूबाट ‘बेष्ट सर्ट फिल्म’ को पुरस्कार ‘गिल श्याँदर’ (सुनुवार) ले प्राप्त गरेको छ भने २ वटा डकुमेण्ट्रीहरूबाट ‘बेष्ट डकुमेण्ट्री’ संजोग लाफा मगर (Sanjog Laaphaa Magar) द्वारा निर्मित ‘कमल पोखरी’ (नेवार सम्पदा) ले जित्न सफल भएकोछ। महोत्सवका लागि प्रवेश गरेका नेपालका ४२ आदिवासी चलचित्रहरु मध्ये ९ चलचित्रहरु दुई दिने महोत्वसमा छनौट गरी प्रदर्शन गरिएको थियो ।

42058955_544127646030592_1275907768573755392_n

उक्त महोत्सवमा ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री (वृत्त चित्र) पनि प्रदर्शन गरिएको थियो । चलचित्रहरुको लागि बिभिन्न १० विधाको पुरस्कारहरुको व्यबस्था गरिएको थियो । महोत्सवबाट उत्कृस्ट हुने चलचित्रको नगद पुरस्कार एक लाख पचिस हजार रुपैयाँ नेपाल सरकारको चलचित्र बिकास बोर्डले प्रायोजन गरेको छ भने ‘बेष्ट सर्ट फिल्म’ र ‘बेष्ट डकुमेण्ट्री’ को लागि कदरपत्रसहित जनही एकतीस हजार रूपैंयाँ नगद पुरस्कार प्रदान गरिएको छ। नेपालको प्रारम्भिक छनौट समितिमा विभिन्न समुदायबाट दर्ता भएको ४६ पूर्ण तथा लघु (छोटो) चलचित्र एवं डकुमेन्ट्री मध्ये २४ वटा छनौट भई अमेरिका आएको थियो ।

नेपालबाट चलचित्रहरु मध्ये एउटै समुदायको २ वा २ भन्दा बढी चलचित्र मध्ये सम्बन्धित समुदायको संस्थाको चलचित्र सम्बन्धित व्यक्तिहरुको संलग्नतामा एक एक वटा छनौट गरि महोत्सवको लागि ९ वटा लामो चलचित्र, ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री अन्तिम प्रदर्शनको लागि छनौट भएको थियो ।

महोत्सव तथा निफ्फ अवार्ड २०१८ को अन्तिम चरणको लागि छनौट भएको चलचित्रहरुको निस्पक्ष र बिबाद रहित रुपमा छनौट गर्नको लागि शैलेश श्रेष्ठ (Shailesh Shrestha) संयोजकत्वमा शम्भु मोक्तान (Shambhu Moktan), लिला राई (Lila Rai), रोज लामा र छिरिङ्ग रिन्जिन गुरुङको पाँच सदस्यीय निर्णायक समिति गठन गरिएको थियो ।

त्यसैगरी, महोत्सवमा सहभागी लघु चलचित्र र डकुमेन्ट्री छनौटको लागि संघिय परिषद, फिप्नाको सभामुख बिनोद पोमो (Binod Pomo) को संयोजनमा निमा पाख्रिन र मच्छेदेबी गुरुङ (Machchhe G. Gurung) सम्मिलित तीन सदस्य निर्णायक समिति निर्माण गरिएको थियो । महोत्सवको पहिलो दिनको उद्घाटन प्रमुख अतिथि एनआरएन आईसीसी नर्थ अमेरिका उप-संयोजक नबिन शेरचन (Nabin Sherchan) र महासंघका अध्यक्ष मानबहादुर राना मगर (Man Bahadur Rana-Magar) ले संयुक्त रुपमा पानसमा बत्ति बालेर गरेका थिए भने नेपाल चलचित्र विकास बोर्डको सदस्य सचिब महेन्द्रप्रसाद शांखी, नेपाली वाणिज्यदूत कृसु क्षेत्री (Krisu Chhetri) र काउन्सिलम्यान कोस्टा कोस्टान्टिनीडेजले संयुक्त रुपमा महोत्सवको ब्यानर ओपन गरेर उद्घाटन गरिएको थियो ।

उद्घाटन सत्रमा नेपाली र अमेरिकी राष्ट्रगानका साथै नेपाली आदिवासी राष्ट्रीय गीत प्रस्तुत गरिएको थियो ।