तेह्रथुमः लकडाउनका कारण बजारमा मास्कको अभाव भईरहेको बेला आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङका सबै नागरिकहरूलाई भने मास्क पाउने भएका छन् ।
वडा अध्यक्ष दिलकुमार पाहिमको व्यक्तिगत लगानीमा सर्जिकल र कपडाको मास्क स्थानीयहरूलाई उपलब्ध गराउने भएका हुन् । खाम्लालुङका ६ सय १८ घर परिवारको लागि २ हजार १ सय ५६ मास्क वितरण गर्न थालिएको वडा अध्यक्ष पाहिमले बताए । वडाका स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूलाई पनि माक्स वितरण गरिएको छ । वडामा सर्जिकल मास्क विराटनगर ल्याइएको हो भने कपडाको मास्क खाम्लालुङको छोटी बजारमा बनाइएको हो ।

92624918_276318080041584_8267462550426222592_n 92462423_937409750049461_8095152774657867776_n