इटहरीः लकडाउनका बेलामा प्रदेश नम्बर एकमा रगतको अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखा इटहरी र इटहरी जेसिजको संयुक्त आयोजनामा आइतवार इटहरी उपमहानगरपालिका परिसरमा बृहत्त रक्तदान कार्यक्रम भएको छ ।  आइतवार बिहान ८ बजेबाट शुरु भएको रक्तदान ११ बजेसम्म चलेको थियो । उक्त रक्तदान कार्यक्रममा १ सय २२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखा इटहरीका सभापति विमल पौडेलले बताए । कोरोना संक्रमणको महामारी फैलिरहेको संकटपूर्ण अवस्थामा रेडक्रसको आह्रवानमा स्वास्थ्यका हिसाबले सुरक्षा विधि अपनाएर रक्तदान कार्यक्रम गरिएको उनले जनाए । रक्तदानमा इटहरी र आसपासका दाताहरुको सहभागीता रहेको थियो ।

93207470_1257649281093878_6113471567411281920_o

रक्तदानमा रेडक्रस सुनसरीको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा रहेको ब्लड बैंकले प्राविधिक सहयोग गरेको थियो । आइतवारको रक्तदानले पूर्वमा भईरहेको रगत अभावलाई केही हदसम्म पुरा गर्ने सभापति पौडेलले बताए । युथफर ब्लडका अध्यक्ष अतित गुरागाईले आफुहरुलाई पूर्वका कयौं अस्पतालबाट रगत चाहियो भन्दै विरामीका आफन्तले फोन गर्ने गरेको बताए । रगत दिने व्यक्ति आफुहरुको सम्पर्कमा आएपनि कोरोनाको संक्रमणको त्रासले अस्पताल जान नमानेको अवस्थामा रेडक्रसले आयोजना गरेको रक्तदान कार्यक्रम प्रभावकारी भएको गुरागाँईले बताए ।  उनले संकटको घडीमा पनि रक्तदान जस्तो मानविय कार्यमा घरबाट सुरक्षित तरिकाले रक्तदान स्थलसम्म आएर रक्तदान गर्ने, त्यसको व्यवस्थापन गर्ने, सुरक्षा प्रदान गर्ने लगायत सबैलाई धन्यवाद ज्ञापन समेत गरेका छन् । विपत्तको घडीमा रेडक्रस सधैभरी यसरी नै मानवीय सेवामा लागिरहने उनको भनाई छ ।  

93142688_3122863707745929_517115935044141056_n 93430317_2913100142115293_7457277713758289920_n 93422670_2825913264159046_858291790392852480_n 93324779_3353318844696509_8030544711200538624_o 92953096_2911401315572897_1153544133130846208_o 92721575_1257648857760587_8872003206205407232_o 93476943_1257648747760598_5113345345425768448_o