इटहरीः भारतको पन्जावबाट आएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइ इटहरीको क्वारेन्टाइनमा राखिएको छ ।
सोमबारबाट क्वारेन्टाइनमा राखिएका थप ४ जनाहरु सुनसरीको इनरुवा, चाँदबेला र बारा जिल्लाको जितपुरका भएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले बताइन् ।
उनका अनुसार इटहरीको जनता बहुमुखी क्याम्पसमा उपमहानगरले निर्माण गरेको क्वारेन्टाइनमा १६ जना पुगेका छन् । जसमा ११ भारतीय र ५ नेपाली नागरिक रहेका छन् । ती मध्ये ११ भारतीयको स्वाब परिक्षणका लागि नमूना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । बाँकी ४ जनाको पठाइने उपमेयर गौतमले बताइन् ।
पन्जावबाट आएका उनिहरुलाई सोमबार पक्राउ गरि इटहरी क्वारेन्टाइनमा पठाएको हो । उपमेयर गौतमका अनुसार प्रहरी, जिल्ला प्रशासन र नेपाली सेनाले कोरोना संक्रमणको शंका गरिएकालाई नियन्त्रणामा लिएर क्वारेन्टाइनमा पठाउने गरिएको छ । त्यसैगरि भारतीय सीमा क्षेत्रबाट लुकिछिपी प्रवेश गरेकाहरुलाई पनि नियन्त्रणमा लिएर अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने उपमेयर गौतमले बताइन् । इटहरी क्वारेन्टाइनमा रहेकाहरुलाई इटहरी अस्पतालका डाक्टर तथा प्राविधिक टिमले हेर्ने उपमेयर गौतमले बताइन् । बाहिरबाट प्रहरीले समेत क्वारेन्टाइनको सुरक्षा गर्ने छ ।
इटहरी अस्पतालमा आजबाट र्‍यापिड टेस्ट
इटहरी अस्पतालबाट पनि आजबाट बाट कोरोना संक्रमण भए नभएको र्‍यापिड टेस्ट थालिने उपमेयर गौतमले बताइन् । त्यसका लागि एक जना प्राविधिकले टेष्टको बिषेश तालिम लिएर आएको उनले जनाइन् । कोरोना संक्रमणको शंका लागेका व्यक्तिहरुमा प्रारम्भिक टेष्टका लागि इटहरी अस्पताललाई केही टेष्ट किट आएकाले  मंगलबारबाट टेष्टको कार्यथालिने उनले बताइन् ।
शंकामा रहेका व्यक्तिहरुको रगत लिएर टेष्ट किट्सबाट प्रारम्भिक टेष्ट गरिने उनले बताइन् । त्यसपछि थप टेष्टको लागि खकारको माध्यमबाट परिक्षण गर्नका लागि स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईने उपमेयर गौतमले बताइन् ।

92755063_778978659297010_8750032156543156224_n