इटहरीः इटहरी अस्पतालमा कोरोना भाइरसको दु्रत परीक्षण आरडिटी टेस्ट सुरु गरिएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेशवाट इटहरी आएका ब्यक्तिहरुको आरडिटी टेस्ट सुरु भएको छ । आज करिव सयजनाको परीक्षण गरिने छ ।
अहिलेसम्म २१ जनाको परिक्षणमा सवैको नेगेटिभ आएको छ । द्रुत परिक्षण बिधीवाट परिक्षण गर्दा नमुनामा संक्रमण प्रतिरोधी एन्टिबडी छ कि छैन भनेर जाँच गरिन्छ । परिक्षणले एण्टीबडी देखाए पोजेटिभ र देखाएन भने नेगेटिभ हुन्छ ।
हाम्रो शरीरमा कुनै भाइरस प्रबेश गरेपछि शरीरले त्यस्ता संक्रमण सँग लडन प्रतिरोधी संयन्त्र एन्टिबडी निर्माण गर्दछ। एण्टिबडीले जिते बिमारी भइदैन । तर भाइसरले जिते लक्षण देखिन थालेर विरामी परिन्छ । आरडिटि परीक्षणमा पोजेटिभ देखाए पिसिआर विधीले पून नमूना जाँच गरिने धमलाले बताएका छन् ।