विराटनगरः कोरोना परीक्षणका लागि सुरक्षित तरिकाले स्याब लिन मिल्ने बुथ प्रदेश १ को सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई हस्तान्तरण गरेको हो ।
अल्मुनियमबाट निर्मित बुथ चार फिट चौडाई र आठ फिट उचाईको छ । यसमा कोरोना संक्रमित वा आशंकित व्यक्तिलाई भित्र राखेर चिकित्सकले स्वाब लिन मिल्छ । बुथमा हाइब्रिड पावर प्रणाली, पूर्ण एयर टाइट र कीटाणुरहित भेन्टिलेसनको विशेषता रहेको छ । समितिका पिनका प्रदेश अध्यक्ष दिपक पौडेलले बताएका छन् । यो बुथ इन्जिनियरहरु पवन झा, विभास मिश्रा, बिक्रम केसी र सम्पूर्ण आचार्यले निर्माण गरेका हुन ।
सामाजिक विकास मन्त्री घिमिरेले बुथको चावी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रालाई हस्तान्तरण गरेका छन् । कोशी अस्पतालमा गत शुक्रबारदेखि कोरोनाका शंकास्पद व्यक्तिको नमूना संकलन शुरु भएको छ । मन्त्री घिमिरे भने, ‘‘बुथ प्रयोगका विषयमा टिका टिप्पणी नहोस् भन्नका लागि टिम तयार गरिएको छ ।’’ विज्ञ टिमको अध्ययन प्रतिवेदन मन्त्रालयमा आउन बाँकी रहेको बता । यसको निर्माणमा एक लाख १ हजार ७५ रुपैयाँको खर्च भएको बताइएको छ ।
यसैगरी प्रदेश १ का स्वास्थ्यकर्मीका लागि निःशुल्क सिमकार्ड उपलब्ध गराइएको छ । एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरी आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ६ हजार ३ सय युरो सिम उपलब्ध गराएको एनसेल विराटनगर शाखाका प्रमुख चाँदबाबु इराकीले बताएका छन् । कोरोना भाईरस (कोभिड) १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि सिमकार्ड उपलब्ध गराएको उनले बताए । ती सिमकार्डमा जेठ महिनासम्मका लागि व्यालेन्स उपलब्ध गराइएको छ । भने,‘‘स्वास्थ्यकर्मीलाई रिचार्ज गर्न समस्या नहोस् भनेर व्यालेन्स सहितको सिमकार्ड दिईएको हो ।’’ प्राप्त सिमकार्ड तीन दिन भित्रमा सबै स्वास्थ्य कार्यालयमा पुग्ने गरी पठाइने मन्त्री घिमिरेले बताए ।