इटहरीः विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मानव समुदाय नै त्रसित भइरहेको सन्दर्भमा मोरङको बेलबारी नगरपालिकाले आफ्नै कार्यलयमा र्यापिड डाइग्नोस्टिक टेस्ट सुरु गरेको छ ।
पहिलो चरणमा १६ जनाको परिक्षण भएको छ । उक्त परिक्षणमा सवैको नेगेटिभ भेटीएको छ । नगरपालिकाले विभिन्न देशबाट आएका १६ जनाको परिक्षण गरेको थियो । बाह्य देशबाट आएकाहरुको परिक्षण गरीएको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार निगरानीमा राखिएका शङ्कास्पद व्यक्तिहरुको परिक्षण गरीएको थियो ।
पहिलो चरणमा विभिन्न देशवाट आएका ९८ जनाको परिक्षण गरीने छ । विदेशबाट आएका १ सय ४ जना शङ्कास्पद व्यक्तिहरुमध्ये ६ जनाको यसअघि नै परिक्षण गरीएको र उनीहरुको समेत रिपोर्ट नेगेटिभ आएको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी(तारा) पराजुलीले बताइन् । र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधिवाट गरिने परिक्षणको नतिजा टेस्ट भएको १५ मिनेटमै आउने समेत स्वास्थ्यकर्मीहरुले बताएका छन ।