इटहरीः इटहरी अस्पतालले आज ५९ जनाको र्यापिट टेस्ट गरेको छ ।
विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका लगायतको आजबाट इटहरी अस्पतालले र्यापिट टेस्ट सुरु गरेको हो ।
मंगलबार इटहरी अस्पतालमै गरिएको र्यापिट टेस्टमा ५९ जनाकै रिर्पोट नेगेटिभ आएको इटहरी अस्पतालका इमेरजेन्सी प्रमुख रामकुमार धमलाले बताए ।
उनका अनुसार मंगलवार अस्पतालमा आएका ४६ जना पुरुषा र १३ जना महिलाको र्यापिट टेस्ट गरिएको हो । र्यापिट टेस्टमा अस्पतालका ल्याव टेक्निसियन अर्चना गुप्ता, ल्याव असिस्टेन्ट निर्मल कुमार चौधरी र कल्पना पौडेल लगायतको स्वास्थ्य प्राविधिक टीम सहभागी भएको थियो । सो टीममा एक जना केही दिनअघिमात्रै र्यापिट टेस्टको बिषेश तालिम लिएर आएको अस्पतालले जनाएको छ ।
टेस्ट किट्सले पुगुन्जेल भोलि पनि इटहरी अस्पतालमा र्यापिट टेष्टलाई निरन्तरता दिईने धमलाले जनाए ।