इनरुवाः भारतीय मुस्लिमहरुबाट कोरोना संक्रमणको त्रास फैलिरहेको बेला सुनसरीको भोक्राहा नरसिह गाँउपालिकाको एक मस्जिदमा आश्रय लिएर बसेको अवस्थामा १० भारतीय नागरिक भेटिएका छन् । सो गाँउपाललिकाको खतिजन कुव्रा नामक मस्जीदमा १० जना भारतिय मुलका बंगालीहरु आश्रय लिएर बसेको फेला परेको हो ।
सप्तरीको इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु भारतको पश्चिम बंगाल राज्यको पश्चिम मधनीपुर कलकता नजिक स्थायी ठेगाना भएका भारतिय नागरिकहरु मस्जीदमा फेला परेको नेपाल मुस्लीम संघ प्रदेश एकका सभापती हाजी इसराइल मन्सुरीले बताए । सप्तरीको धार्मिक सभामा सहभागीको र्यापिड टेष्टमा ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिसकेको छ । उनिहरुको स्वाब पुनः परिक्षणका लागि टेकु पठाइएको छ । टेकुको रिर्पोटपछि मात्र स्वास्थ्य मन्त्रालयले आधिकारिक तथ्य बाहिर ल्याउने भएको छ ।
सामाजिक अभियन्ता समेत रहेका मन्सुरीका अनुसार वर्ष ४२ का अब्दुल शेख, वर्ष ३५ की साहिदा बिबि, वर्ष ४२ का सवुल, वर्ष ४० की मुसानेहा, वर्ष ५५ का हजेयामुद्दिन, वर्ष ५० की अलिया बिबि, वर्ष ५० का खुटुवुद्दिन, वर्ष ४५ की साजेदा बिबि, वर्ष ४० का अफाजुल र वर्ष ३२ की अरजुमन बिबि रहेका छन ।
सभापती मन्सुरीले भने –‘उनीहरुसँग सोधपुछ गर्दा उनीहरुले श्रीमान श्रीमती सहित रहेछन् ।उनिहरु सप्तरीमा भएको धार्मिकसभा इज्तेमामा सहभागी हुन आएका जमातीहरु रहेको पाइएको छ । सभा सकिएपछि इनरुवाका विभिन्न मस्जीदमा बस्दै आएको मैले बुझे ।’
लकडाउन सुरु भएपछि भोक्राहा नरसिह गाँउपालिका ५ टपरामा रहेको खतिजन कुव्रामा रहेको मस्जीदमा आश्रय लिदै आएको जानकारी पाएपछि स्वास्थ्यकर्मीहरुको टोलीसहितले आवश्यक स्वास्थ्य परिक्षण गरेको मन्सुरीले बताए । उनिहरुलाई सुरक्षित रुपमा क्वारेन्टाईन सरह बस्न लगाई आवश्यक खाद्यन्न दिएर एकजना कुरुवाको जिम्मा लगाईएको मन्सुरीले बताए ।
उनीहरुलाई कोरोना भाइरसको सक्रमण फैलिने क्रममा रहेकाले मस्जीदबाट बाहिर नजान र सरकारले बताएको नियम पालना गर्न अनिवार्य रहेको जानकारी गराई क्वारेन्टाइन सरह बस्न लगाईको मन्सरीले जानकारी दिएका छन ।