इटहरीः आफूलाई हरित नगरी भन्ने प्रदेश १ का दुई उपमहानगर इटहरी र धरानको सबै फोहोर चारकोशे झाडीको हरित क्षेत्र नासेर फालिन्छ । आफूलाई स्वच्छ राख्न यी दुवै उपमहानगरले जैविक विविधता भएको सुनसरीको चारकोशे झाडीलाई कुरूप बनाइरहेका छन् ।

इटहरी उपमहानगरले केही महिना अगाडि गरेको अध्ययन प्रतिवेदनअनुसार इटहरीमा दैनिक ३३ टन फोहोर उठ्छ । यो फोहोरमा १० प्रतिशत प्लास्टिक र ६५ प्रतिशत कुहिने फोहोर हुने इटहरी उपमहानगरका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरी बताउँछन् ।

धरानमा भने दैनिक ३७ टन फोहोर उत्पादन हुने धरान उपमहानगरपालिकाको अध्ययनले देखाएको छ । धरान उपमहानगरपालिकाको वातावरण शाखा प्रमुख भेषराज घिमिरेका अनुसार धरानमा कुहिने २२ टन र नकुहिने १५ टन फोहोर उत्पादन हुने अध्ययनले देखाएको छ । इटहरीमा जस्तै धरानको फोहोरमा पनि १० प्रतिशत प्लास्टिक नै हुने वातावरण शाखा प्रमुख घिमिरेको भनाइ छ ।

धरान र इटहरी दुवैमा कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने फोहोरमैला व्यवस्थापन ऐन २०६८ विपरीत फोहोर एकमुष्ट ल्याउने गरिएको छ । न त वातावरणीय प्रभाव मूल्याङ्कन गरेर फोहोर विजर्शन गरिएको छ ।

इटहरी र धरानको सबैखाले फोहोरहरू चारकोशे झाडीमा हालिन्छ । अर्थात् हाल दैनिक ७० टन फोहोर चारकोशे झाडीमा थुप्रिन्छ । महिनाको हिसाबमा हरेक महिना २ हजार १ सय टन फोहोर चारकोशे झाडीमा थुप्रिने देखिएको छ ।

कत्ति छ सुनसरीको चारकोशे झाडी क्षेत्र ?
जिल्ला वन कार्यालय सुनसरीको तथ्याङ्क अनुसार इटहरी र धरानको बीच भागमा पर्ने चारकोशे झाडीमा २३ वटा विभिन्न सामुदायिक वनहरू रहेका छन् ।

शब्द, तस्बिरः विराट अनुपम

5 4 4 5 2 6 3 5 6 5 1 7 7 2 8 4 9 2