इटहरीः निरन्तर लकडाउनका कारण पूर्व क्षेत्रका दुग्ध उत्पादन किसानहरु र दुग्द्य पदार्थ उत्पादक व्यवसायीहरुको व्यवसाय संकटमा परेकाले दुग्द्य पदार्थलाई होम डेलिभरीको व्यवस्था मिलाउनुका साथै किसानलाई राहत दिनु पर्ने माग गरिएको छ ।
इटहरी उपमहानगरपालिका २० तरहरामा संचालित कामधेनु दुग्द्य विकास सहकारीले लकडाउनका कारण आफ्नो डेरी उद्योगले उत्पादन गरेको दुग्द्य सामाग्रीहरुको बिक्री ५० प्रतिशत घटेको जनाएको छ । बिक्री घटेपछि किसानले उत्पदान गरेको सबै दुध खरिद गर्न नसकेकाले स्थानीय र प्रदेश सरकारले उपभोक्ताको घर घरमा लगेर दुग्द्य पदार्थ बिक्री गर्ने वातारण मिलाउन कामधेनु सहकारीले माग गरेको छ ।
प्रदेश नम्बर १ का करिब १० हजार दुग्द्य उत्पादक किसान आवद्ध कामधेनु दुग्द्य विकास सहकारी संस्थाका निमित्त व्यवस्था निर्देशक पर्शुराम कार्कीका अनुसार लकडाउनका कारण ग्रामिण क्षेत्रमा पुगेर किसानले उत्पादन गरेका दुध संकलन गर्न सकिएको छैन।

93009658_920181948427696_1424857440557465600_n (1)
कामधेनुले लकडाउन अघि दैनिक रुपमा किसानहरुबाट सरदर १६ हजार लिटर दुध संकलन गरिरहेको थियो । लकडाउनपछि घटेर हाल करिब ८ हजार लिटर मात्र दुध दैनिक रुपमा संकलन भईरहेको छ । कारोबारका हिसाबमा लकडाउन अघि दैनिक १६ लाखको हाराहारीमा हुने गरेको थियो । लकडाउनपछि सरदर ८ लाखको मात्र कारोबार भईरहेको कार्कीले बताए ।
लकडाउनका कारण सूचना प्रवाह सहि तरिकाले नहुँदा दुध ढुवानी गर्ने संस्थाका सवारीहरुलाई राजमार्गमा प्रहरीहरुले अनावश्यक दुःख दिने काम पनि भएको उनले बताए । ग्रामिण क्षेत्रबाट किसानले बिभिन्न ढुवानीका साधन प्रयोग गरि संकलन केन्द्रसम्म दुध ल्याउदा प्रहरीबाट बिभिन्न प्रकार दुःख पाएकाले सो क्षेत्रबाट दुध संकलनको कार्य नै रोकिएको कार्कीले बताए । प्रहरीबाट किसानहरुलाई दुध बोक्नका लागि पास लिनु पर्ने भन्दै धेरै पटक दुई चार घण्टानै बाटोमा रोकेपछि किसानहरुले संकलन केन्द्रसम्म दुध ल्याउनै छाडेको उनको भनाई छ ।
अर्को तर्फ विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासका कारण पनि कतिपय किसानहरुले उत्पादन गरेको दुध संकलन केन्द्रसम्म ल्याउन छाडेको उनले बताए । त्यसको अलवा किसानले लकडाउनका कारण भनेको समयमा पहिलेको मूल्यमा पशुलाई खुवाउनु पर्ने दानाहरु समेत नपाईरहेकाले किसानहरुको पेशा नै धारसायी हुदै गएको कार्कीले दावी गरे ।

dudh_V0NM0zBcOb
किसानलाई संस्थाको तर्फबाट दिनु पर्ने सहुलियत र उत्पादन भएको दुध लिने बिषयमा कुनै कसर बाँकी नराखेको उनको भनाई छ । संस्थाको क्षमता अनुसार किसानलाई आवश्यक सहयोग गरिरहेको उनले बताए । यो बेला स्थानीय, प्रदेश सरकारले अति आवश्यक खाद्य पदार्थका रुपमा रहेको दुध उत्पादन किसानहरुलाई राहत प्रदान गर्नु पर्ने उनको माग छ । कार्कीले भने –‘स्थानीय र प्रदेश सरकारले किसानलाई आवश्यक दानाहरु सहुलियत दरमा गोठसम्म पुर्याउने व्यवस्था मिलाउनु पर्छ । लकडाउनका बेला अन्य खाद्य पदार्थ जस्तै गरि वडा वडा र घर घरमा पुर्याउने व्यवस्था मिलाउनु पर्छ । बाँकी सबै काम संस्थाले गर्छ ।’
उनका अनुसार दुध उत्पादक किसानहरु र व्यवसायीहरु कोरोना भाइरस संक्रमणमा बच्नका लागि चाहिने आवश्यक स्वास्थ्य सुरक्षा सामाग्रीहरुको अभावमा त्रासका बीच काम गर्न बाध्य भइरहनु परेको छ । उनले भने –‘सुगम जिल्लाका किसानले त अझैसम्म मास्क, ग्लोप्स, सेनिटाइजर पाएका छैनन् । ग्रामिण क्षेत्रका किसानको त कुरै नगरौं । कम्तीमा यस्ता सामाग्री राज्यको स्थानीय तहको सरकारले उपलब्ध गारउनुपर्छ भन्ने अधिकांश किसानहरुको माग छ ।’

93021614_218017029298291_5210001153470758912_n (1)
सकेसम्म किसानले उत्पादन गरेका सबै दुध लिने र उत्पादनको लागतसम्म उठ्ने गरि न्यूनतम मुल्य दिने संस्थाले उद्धेश्य राखेर काम गरिरहेको कार्कीले बताए । त्यसका लागि सरकारको मातहतमा रहेका विराटनगरको डिडिसी र चितवनको पाउडरप्लान्टमा दुध बिक्रीका लागि सम्पर्क गरेको तर ती संस्थाबाट पोजेटिभ कुरा नआएको उनले बताए ।
लकडाउनका कारण बैंक, सहकारी तथा अन्य वित्तिय निकाय पनि बन्द भएकाले संस्थाले किसानहरुलाई पैसाको अभाव हुन नदिने नगद नै लिएर कर्मचारीहरुले संकलन केन्द्रसम्म पुगेर किसानहरुलाई वितरण गरिरहेको कार्कीले बताए । उनका अनुसार कामधेनुबाट उत्पादन भईरहेका दुग्द्यजन्य पदार्थहरु लकडाउनका कारण इटहरी, धरान, इनरुवा, विराटनगरका साथै सुदुरपूर्व काँकरभिट्टासम्म मात्र जाने गरेको छ । पहाडी जिल्लाका बजारमा भने यतिबेला संस्थाले उत्पादन गरेको दुग्द्यजन्य पदार्थ जान नपाएको कार्कीले बताए ।