धरानः कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन अवधिभर नगरमा रहेका अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई राहत वितरण गर्ने उद्धेश्यले धरान सरकारले स्थापना गरेको फुड बैंकमा खाद्यान्न अभाव भएको छ । सो बैंकमा पछिल्लो समय खाद्यान्न सहयोगमा गर्नेहरुले जम्मा गर्न छाडेपछि कमी आएको हो ।
पहिलो चरणको राहत सामग्री धरान उपमहानगरपालिकाले वितरण गरिसकेको छ भने दोस्रो चरणको राहत वितरणको तयारी पनि गरिरहेको छ तर फुड बैंकमा भने खाद्यान्नमा कमी आउँदै गएको छ ।

धरान सभागृहमा खाद्यान्न सहयोग संकलन गरि राखिएको छ, अघिल्लो चरणमा संकलन भएका खाद्यान्नहरु वितरण गरिसकेको छ । पछिल्लो समय सामान्य राहतको सहयोग मात्रै संकलन भइरहेको धरान उपमहानगरपालिकाले जनाएको छ ।

गत वैशाख ६ गते सम्मको खाद्यान्न संकलन ३८ हजार २५ केजी चामल, ५ हजार ७ सय ५१ केजी दाल, ३ हजार ९ सय १ लिटर तेल, ४ हजार २ सय ८५ केजी आलु, ९ काटुन साबुन, ३५ केजी न्युटेला, प्याज २० किलो रहेको थियो । त्यस यता खाद्यान्न सहयोग प्राप्त भएको छैन ।

नगरपालिका आफैले १ लाख १२ हजार ५ सय केजी चामल खरिद गरेको थियो । त्यसै गरि १२ सय ५० केजी दाल, ६ हजार ६ सय केजी नुनु, ५ हजार ९ सय ४ लिटर तेल, ३३ हजार ५९ केजी आलु, ५५ काटुन साबुन, ४ हजार केजी न्युटेला खरिदबाट प्राप्त भएको थियो ।

Dharan_20191228151647

पहिलो र दोस्रो चरणको राहत वितरणमा धरान उपमहानगरपालिकाले धरानका विभिन्न वडाहरुमा सहित अन्य क्षेत्रमा ९३ हजार ७ सय ४० किलो चामल वितरण गरिसकेको छ भने ६ हजार २ सय ७० केजी दाल, ९ हजार ५९ केजी नुन, ९ हजार १ सय १३ लिटर तेल, ३५ हजार ९ सय ३ केजी आलु, ६१ दशमलव ०९ काटुन साबुन, २ हजार ८ सय ५६ किलो न्युटेला विरतण गरिसकेको छ ।

पहिलो चरणमा वितरण गरिएका राहत सामग्रीहरु सकिदै गएको गुनासो आउन थालिसकेको छ, त्यस्तो अवश्थामा नगरपालिकाले तेस्रो चरणको लागि पनि राहत वितरणको योजना बनाएको छ तर फुड बैंकमा रहेको खाद्यान्नले तेस्रो चरणको राहत वितरणमा पर्याप्त हुँदैन् । त्यसैले पनि थप खाद्यान्न सहयोगको आवश्यक्ता रहेको छ ।

उपमहानगरपालिकाको फुड बैंकको तथ्याङ्क अनुसार ५६ हजार ४ सय ९० किलो चामल, ६ सय २ किलो दाल, ३ हजार ५ सय १० किलो नुन, ६ सय ६९ लिटर तेल, १४ सय २१ केजी आलु, १ काटुन साबुन र १ हजार १ सय ७९ केजी न्युटेला बाँकी रहेको छ ।

उपमहानगरपालिकाले वैशाख १० गते देखि दोस्रो चरणको राहत वितरणको तयारी गरेको छ । पहिलो चरणमा १० हजारलाई बाडिएको राहत लकडाउनको समय बढ्दै गएकाले पनि दोस्रो चरणमा संख्या दोब्बर भएको छ । दोस्रो चरणको राहत वितरणका लागि खरिद प्रक्रिया पनि अघि बढाएको छ ।