इटहरीः देशले नयाँ संविधान पाएको ठ्याक्कै ३ वर्ष भएको छ । जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट २०७२ असोज ३ गते देशले नयाँ संविधान पाएको थियो । संविधान जारी भएको अवसरमा खुशीयाली मनाइरहेको बेला सुनसरीको इटहरीमा भने सङ्घीय लिम्बुवान मञ्चले कालो झण्डा देखाएर विरोध र्याली निकालेको छ ।
‘असोज तीन, कालो दिन’ भनी नारा लगाउँदै मञ्चले संविधानको धारा २७४ को खारेजीको माग गरेको छ ।
तस्बिरहरूः कृष्ण बहाब भट्टराई