इटहरीः धरान उपमहानगरमा खानेपानीको अभाव भईरहेको बेला मेयर र उपमेयर सहितको टोलीले आज खानेपानी संस्थानले निर्माण गरेको दुई वटा पम्पको अनुगमन गरेको छ ।
सेउती खोलका छेउको जंगलभित्र रहेका पम्पको मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सहितको टोलीले अनुगमन गरेको हो । अनुगमनमा खानोपानी आयोजना प्रमुख इन्जिनियर राजु पोख्रेल, खानेपानी बोर्डका अध्यक्ष, दलिय संयन्त्रका प्रतिनिधिहरु र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
टोलीले ती पम्पहरुले दैनिक रुपमा उत्पादन गर्दै आएको पानीको अवस्था, धरानमा सप्लाई भए नभएको लगायतका बिषयमा जानकारी लिने काम गरेको थियो । अनुगमनपछि धरानमा हाल देखिएको पानीको अभावलाई केही मात्रामा सम्बोधन गर्न सकिने बताइएको छ ।

94588771_3226662700893181_677459811666755584_n