इटहरीः कोरोना भाइरस विरुद्ध लड्न बेलबारीका ४ राजनितिदल एकै स्थानमा उभिएका छन् । चार दलका स्थानीय नेताहरुले शनिवार संयुक्त अपिल प्रकाशित गर्दै विश्वब्यावी बनिरहेको कोरोनासँग एकजुट भएर अगाडि बढ्न नगरवासिहरुलाई आग्रह पनि गरेका छन् ।
नेपाल कम्युनिष्ट पाटी नेकपा , नेपाली काग्रेस, राजपा र समाजवादी पाटीले संयुक्त अपिल जारी गर्दै एकजुट भएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका हुन् । दुुई पेजको अपिलमा कोरोना भाइरसवाट परेको असर र नगरपालिकाले हालसम्म गरेका रोगथाम, नियन्त्रण र राहत वितरण जस्ता कार्यको खुलेरै प्रशंसा गरीएको छ ।
संयुक्त अपिल जारी गर्ने चारदलका नेताहरुले दोस्रो चरणको राहत वितरण तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले स्थापना गरेको विपद ब्यबस्थापन कोषमा आवश्यक सहयोग गर्न नगरवासीहरुमा सहयोग गर्न अनुरोध पनि गरिएको छ । एकद्धार प्राणालीवाट भइरहेको राहत वितरण व्यवस्थित र प्रभावकारी भएको पाइएकाले सोही अनुसार गर्न गराउनु हुन समेत नगरवासिलाई अपिल मार्फत आग्रह गरिएको छ ।

94487737_254333008953975_6396685095343751168_n

नेकपा नगर अध्यक्ष पर्शुराम सुवेदी, नेपाली काग्रेस नगर शभापति शम्भु भट्राई, समाजवादी नगर अध्यक्ष तिलक राई, राष्ट्रिय जनता पाटी नगर अध्यक्ष भरत चौधरीले सो अपिल पत्रमा हस्ताक्षर गरेका छन् । अपिलमा कोरोना रोग रोकथाम नगर समन्वय समिति बेलबारीले ११ ओटै वडामा ३ हजार ९सय ४८ परिवारलाई राहत वितरण गरीसकेको समेत उल्लेख गरीएको छ ।
अपिलमा कृषि विउविजन,मलखाद सहज र सुलभ तरीकाले उपल्बध गराउने ब्यबस्था मिलाउने, दुग्धजन्य उत्पादन पशु तथा कुखुरा ब्यबसायलाई उचित ब्यबस्थापन गर्ने, बजार अनुगमनलाई तीब्रता दिने तथा कालोबजारी रोक्ने, लकडाउन र सामाजिक दुरी कायम गरी कषि र निर्माण क्षेत्रमा कामगर्ने बतावरण मिलाउन सरोकारवाला सँग माग समेत गरेको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् ।
अपिलमा महाँसकटको सबेदनशील समयमा विभिन्न तवरले सहयोग गर्नु हुने बेलबारी नगरपालिका तथा जनप्रतिनिधि,राजनैतिक दल सामाजिक अगुवा,सहयोगदाता,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,पत्रकारहरु, सामाजिक संघसस्था उद्यमी, ब्याबसायि लगायत आमनागरीकहरु प्रति अहिले सम्म पुर्याएको योगदानको उच्च मुल्याकन गर्दै आभार समेत प्रकट गरीएको छ । अझ एकताबद्ध भई थप उर्जाकासाथ बढि सक्रियता पूर्वक अगाडि बढ्न समेत आब्हान गरीएको उपमेयर पराजुलीले बताइन् । संयुक्त अफिल जारी गर्नुअघि चार दलका नेता सहित उपमेयर पराजुलीको नेतृत्वमा ११ वटै वडामा पुगेर पहिलो चरणको राहत वितरणको अवस्था, कोरोना रोगथाम र नियन्त्रणका लाागि वडा तहमा भएका कार्यहरु र दोस्रो चरणको राहत वितरणका लागि गरिनु पर्ने आवश्यक कार्य लगायतका बिषयमा वडा तहमै छलफल गरिएको उपमेयर पराजुलीले बताइन् । वडा तहबाट आएको सुझावका आधारमा नगरपालिकाको कार्यपालिका बैंठक बसेर दोस्रो चरणको राहत वितरणका बिषयमा निर्णय लिइने उपमेयर पराजुलीको भनाई छ ।

 

94269022_231661661282550_4468992533245984768_n