इटहरीः दुई दिनको अन्तरालमा बलिउडले दुई हस्ती कलाकारलाई गुमाएको छ । दुबै जना कलाकारले क्यान्सर रोगका कारण ज्यान गुमाउनु परेको हो । हिजो मात्र बलिउडका चर्चित कलाकार इरफान खानको नशाको क्यान्सरका कारण ज्यान गएको थियो । हिजो मात्र गम्भिर बिरामी भई अस्पताल भर्ना भएका अर्का बलिउडका हस्ती ऋषी कपुरको आज बिहान उपचारका क्रममा ज्यान गएको बीबीसीले जनाएको छ । खान र कपुरको मृत्यु एक दिनको फरकमा क्यान्सरकै कारण गएको हो । कपुरको ६७ बर्षको उमेरमा निधन भएको हो भने खानको ५४ बर्षकै उमेरमा ज्यान गएको हो । खानको आफ्नी आमाको मृत्यु भएको चार दिनपछि ज्यान गएको हो ।

ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेर फर्किएका थिए । दुई दिनको फरकमा दुई हस्ती कलाकारहरुको ज्यान गुमाउदा बलिउडलाई सिने क्षेत्रमा निकै ठूलो क्षति भएको बताइएको छ । एक हस्ती कलाकार गुमाउदाको पिडा सेलाउन नपाउदै अर्का हस्ती गुमाउनु पर्दा भारतीय चलचित्र उद्योग मात्रै नभई उनिहरुलाई माया गर्ने विश्वभरीका दर्शकहरु शोकमा डुबेका छन् ।

ऋषि कपुरको निधन बिहान ८ बजेर ४५ मिनेटमा भएको हो । यतिबेला उनको शब अस्पतालमै राखिएको छ । उनको निधनको खबर सुन्न साथ उनका फ्यानहरु अस्पताल वरिपरि भेला हुन थालेपछि बुम्बई प्रहरीले भिड हटाएको छ । अस्पताल वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको छ । अस्पतालका कर्मचारी र डाक्टरहरुपनि सामाजिक दुरीलाई ख्याल गर्नु पर्ने अवस्था रहेकाले अस्पताल बाहिरको गेटमा आएर बसेको आजतकले जनाएको छ । ऋषिले अभिनय गरेका नगीना, बाँबी, कर्ज, लैला मजनू, प्रेम रोग, नसीब, कुली, हिना, चाँदनी, बोल राधा बोल, मुल्क  अमर अकबर एँथनी , १०२ आउट लगायत फिल्म सधै यादगार रहने छन् ।