एजेन्सीः भारतका एक प्रख्यात अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ। मङ्गलवार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो। ऋषि कपूरका दाइ रणधीर कपूरले उनको निधन भएको पुष्टि गरेका छन्। बुधवार भारतमा क्यान्सरसँग जुधिरहेका अर्का प्रख्यात अभिनेता इरफान खानको निधन भएको थियो। बुधवार रणधीर कपूरले भनेका थिए, “ऋषि अस्पतालमा क्यान्सरसँग जुधिरहेका छन्। उनलाई सास फेर्न समस्या भइरहेको थियो। त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।”
फेब्रुअरीमा पनि ऋषि कपूरलाई दुईपटक अस्पताल भर्ना गरिएको थियो। ऋषि कपूर कलाकार राज कपूरका दोस्रो सन्तान हुन्। रणधीर कपूर, ऋतु नंदा, रिमा जैन र राजीव कपूर ऋषि कपूरका दाजुभाइ र दिदीबहिनी हुन्।ऋषि कपूरले आफ्नो फिल्मी करिअरको शुरूवात १९७३ मा बबी फिल्बाट गरेका थिए। यसबाहेक उनी बाल कलाकारको रूपमा श्री ४२० र मेरा नाम जोकर मा पनि देखिएका थिए।

ऋषि कपूरले इमरान हाशमीसँग अन्तिम फिल्म द बडीमा काम गरेका थिए।उनले आफ्नो अर्को फिल्म दीपिका पादुकोणसँग हुने घोषणा गरेका थिए।यो फिल्म हलिउड फिल्म द इन्टर्नको रिमेक हो। ऋषि कपूर विगत दुइ वर्षदेखि क्यान्सरसँग लडाइ गरिरहेका थिए। सन् २०१८ मा ऋषि कपूर क्यान्सरको उपचारका लागि अमेरिकाको न्यूयोर्क गएका थिए।

ऋषि कपूरका नजिकका मित्र प्रख्यात भारतीय अभिनेता अमिताभ वच्चनले ट्वीटमा भनेका छन्, “ऋषि कपूर रहेनन्। उनले अलविदा भने। यो असैह्य छ।” उनको निधनप्रति गम्भीर दुःख व्यक्त गर्दै अभिनेता अमिताभ बच्चनले अगाडी लेख्दै भनेका छन् आफू ‘क्षतविक्षत’ भएको उल्लेख गरेका छन् । बच्चनले ट्वीट गरेका छन्, ‘उनी गए‘ऋषि कपूर‘गए‘भर्खरै बिदा भए.. म खण्डित भएँ ।’ अस्पतामा अन्तिम सास लिँदै गर्दा उनको वरिपरी श्रीमती नीतु कपूर तथा छोरा रणवीर र छोरी रिद्धिमासहित परिवारका सदस्य रहेको जनाइएको छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका थिएनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए । ६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् ।

अमेरिकाबाट फर्किएपछि रणबीर कपुर आफ्ना आमा–बुवाको घरमा फिर्ता जाने योजना बनाइरहेको रणवीर । रणबीर कपूरका एक आफन्तले पत्रिकासँग कुराकानी गर्दै भने, ‘हालको परिस्थिती (ऋषि कपुर बिरामी भएपछि) ले रणबीरलाई उनका आमा–बुवासँग नजिक ल्याएको छ । उनी आफ्ना आमा–बुवासँग धेरैभन्दा धेरै समय बिताउन चाहन्छन् ।’ एक पत्रिकासँग कुरा गर्दै ऋषि कपुरले अमेरिकाबाट भने, ‘म पुनः काम गर्नका लागि उत्सुक छु । मेरो स्वास्थ्य अहिले निकै राम्रो छ । धेरैले मेरो लगातार सोधपुछ गरिरहनुभएको छ । संजय दत्त नियमित रुपमा सम्पर्कमा छन् । वास्तवमा मलाई भन्दा मेरी श्रीमतीलाई मेरो स्वास्थ्यबारे सोधिरहनु भएको छ ।’

अमेरिकाबाट फर्केपछि ऋषि कपुर केहि दिन आराम गरेर रणवीरको बिहे गराइदिने तयारीमा लाग्दै थिए पण्डितसँग विवाहको साइत हेर्दै थिए। पण्डितसँग भेट्ने मिति तय भएको छ। उनीहरुको विवाह भने यही वर्ष्भित्र हुनेछ मेरो इच्छा पनि यहि छ भन्दै ऋषिले पत्रिकासंगको कुराकानीमा बताएका थिए।

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको प्रेम दुवैको परिवारमा पनि स्वीकार्य भइसकेको थियो । रणवीरका बाबु ऋषि कपुरले त आलियालाई चाँडो भन्दा चाँडो बुहारी बनाएर भित्र्याउने चाहना प्रकट गरेका थिए । तर उनको चाहान अधुरो नै रह्यो । अबिबाहित रणवीर टुहुरो बने । एक अन्तरवार्तामा ऋषिले भनेका थिए, ‘मैले २७ वर्षको उमेरमा नै बिहे गरिसकेको थिएँ । रणवीर त ३७ वर्ष पुगिसक्यो । म चाहन्छु उसले चाँडो भन्दा चाँडो बिहे गरोस् ताकि मर्नुभन्दा अगाडि नाति नातिना खेलाउन पाइयोस् ।’

1588250170rishi

यद्यपि आफूले छोरालाई बिहेको लागि दवाव भने नदिएको उनले बताएका थिए । तर नाति नातिना खेलाउँने रहर मात्र हैन छोरा बेहुला बनेको सम्म हेर्न पाएनन् । उनलाई क्यान्सर रोगले यो संसारबाट अल्पआयुमा नै खोसेर लग्यो । उनकी श्रीमती नीतुपनि विधवा भइन् । नीतुले बेलाबेलामा बिबाहको कुरा झिकिरहने गरेको ऋषी बताउँथे । उसले विभिन्न बहाना बनाएर टार्दै आएको छ,’ ऋषिको भनाई थियो । आलियासँग रणवीरको प्रेमका विषयमा प्रश्न गर्दा ऋषिले जवाफ दिन्थे, ‘यो सबैलाई थाहा भएकै कुरा हो । छोराको च्वाइसमा मेरो कुनै आपत्ति छैन । उसले चाहेको केटी बिहे गर्न सक्छ ।’

सन् १९७३ मा रिलिज भएको सो सिनेमा त्यतिबेला निक्कै चलेको थियो। उनले सो सिनेमाबाट फिल्मफेयरमा सर्वत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए। त्यसपछि उनले सन् १९७३ देखि २००० सम्म ९२ बढी सिनेमामा काम गरे। उनले अधिकाशं सिनेमामा रोमान्टिक भूमिका निभाएका छन्। सन् २०११ मा ‘दो दुनी चार’ सिनेमाका लागि फिल्मफेयरमा क्रिटिक्स अवार्ड जितेका उनले सन् २०१७ मा कपुर एण्ड सन्स सिनेमाका लागि फिल्मफेयरमै सहअभिनेताको अवार्ड जितेका थिए।

अभिनेत्री नितु सिहंसँह विवाह(वन्धनमास बाँधिनु अघि दुबैजनाले सन् १९७३ देखि ८१ को अवधिमा एक दर्जन सिनेमामा काम गरेका थिए। उनले जीवनकालमा ५१ सिनेमामा सोलो हिरोको रुपमा काम गरे जसमा ११ वटा सिनेमा मात्रै वक्सअफिसमा सफल भए भने मल्टिस्टाररतर्फ काम गरेका ४१ सिनेमामा २५ सिनेमा मात्र सफल भएका थिए।’बबी’ का अलावा ‘लैला मजनु’,’रफुचक्कर’, ‘सरगम’, ‘कर्ज’, ‘प्रेम रोग’, ‘नागिना’, ‘हनीमुन’, ‘चाँदनी’, ‘बोल राधा बोल’ आदि उनका सफल सिनेमा हुन्। दशककै हिट सिनेमा बनेको ‘बबी’मा सिनेमा उनले पैसाका कारण राजेश खन्नालाई खेलाउन असमर्थ भएपछि पाएका थिए। सिनेमाका निर्माता तथा निर्देशक उनका बाबु राज कपुर हुन्। रिलिजपछि ‘बबी’ ट्रेन्ड सेटर सिनेमा बन्यो। यो सिनेमापछि बलिउडमा धनी(गरिबको परिदृश्यमा थुप्रै बलिउड ‘टिन एज रोमान्स’ सिनेमा बन्ने सिलसिला सुरु भएको थियो।ताजाखबरबाट