इटहरीः मुलुकी ऐन संहिताका बारेमा इटहरीका कार्यपालिका सदस्य र मेलमिलाप समिति संयोजकहरूलाई प्रशिक्षण दिइएको छ ।

संविधान दिवसको अवसर पारेर इटहरी उपमहानगरले प्रशिक्षण आयोजना गरेको हो । भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन संहिताका बारेमा पूर्व सभासद रेवतीरमण भण्डारी र मेलमिलापका बारेमा अधिवक्ता गणेश लुइँटेलले प्रशिक्षण दिएका हुन् । स्थानीय सरकारलाई संविधानले नै न्यायपालिकाको समेत अधिकार प्रदान गरेकाले भदौ १ देखि लागू भएको मुलुकी ऐन संहिताका बारेमा कार्यपालिकाका सदस्य र मेलमिलाप समितिका वडा संयोजकका लागि तालिम आयोजना गरिएको इटहरी उपमहानगरपालिकाकी न्यायिक समिति संयोजक उपमेयर लक्ष्मी गौतमले बताइन् ।

यस्ता तालिमको महत्व रहेकाले समयसमयमा यस्ता तालिम आयोजना गरिने उपमेयर गौतमले बताइन् ।