इटहरी / समाजमा अनेक रुढीवादी अन्धविश्वास रहेका छन् । जरा गाडेर बसेका यस्ता अन्धविश्वासलाई हटाउन निकै कठिन छ । यस्तो अन्धविश्वासको पछि लाग्दा कतिसम्म नोक्सानी बेहोर्नुुपर्छ भन्ने सन्देश दिएको नाटक ‘फुुरफुर’ को इटहरीमा मञ्चन शुरु भएको छ ।
इटहरीको कलालयले आयोजना गरेको स्कुल थियटरको छैटौँ संस्करणमा अन्धविश्वासको पछि नलाग्न शिक्षा दिइएको छ । कलाकार सुुगम दुलालले निर्देशन गरेको नाटकमा शुरुदेखि नै हावा कुरालाई महत्व दिँदा त्यसले समाजमा पार्ने नकारात्मक प्रभावको असरबारे बुुझाउन खोजिएको छ । कलालयका विद्यार्थीद्वारा मञ्चित नाटक बिहीबारदेखि शुरु भएको छ । ३ दिनसम्म चल्ने नाटकको दैनिक २ शो हुने बताइएको छ ।
पहिलो दिन कवि जसराज किरातीले नाटकको उद्घाटन गरे । उनले समाज रूपान्तरणका लागि भविष्यका कर्णधार मूल जिम्मेवार रहने भन्दै बालबालिकालाई असल गोरेटोमा हिँडाउन सक्नुुपर्ने बताए ।

IMG_9568
नाटक अभिव्यक्तिको अब्बल माध्यम रहेको भन्दै यसलाई निरन्तरता दिनुुपर्ने उनको भनाइ थियो । कलालय इटहरीका अध्यक्ष सोनुु जयन्तीले यसपटक विद्यार्थी आफैँले नाटक निर्देशन गरेको जानकारी दिए । ‘अब विद्यार्थीको क्षमतावृद्धिका लागि पनि नयाँ पुुस्तालाई जिम्मेवारी दिइएको हो,’ उनले भने, ‘विद्यार्थीहरूको मिहिनेतले म खुशी छु ।’

IMG_6131

IMG_9569 IMG_9570