बिषय प्रवेशः
पृथ्वीमा विभिन्न कारणले मानव अस्तित्व सङ्कटमा पर्दै गईरहेको छ।बिज्ञान र प्रविधिको बिकास, जनसन्ख्यमा तिब्र बिकास,जलवायु परिवर्तन,धार्मिक अतिवाद,आतङकवाद,स्वर्थ,बैमानी,घातक नयाँ रोग जस्ता आदि कारणले मानव जातिको अस्तित्वमा संकट सृजना भएको हो।बिश्वामा अहिले ५० जना नोवेल पुरुस्कार बिजेताहरु रहेका छ्न।उनिहरुसङ्ग गरिएको सर्वेक्षण अनुसार मानव जातिको अस्तित्व र अन्त्यको भएर जाने सम्भवना बढदै गएको बताएका हुन।मानव समुदायले यसमा गम्भीर नभए मानब जातीको अस्तित्वमा संकट सृजना चाडै हुने छ।
सस्तो लोकपृयतामा राजनितिक ध्रुवीकरण र जलवायु परिवर्तनः
विश्वा नै आज सस्तो लोकपृयताका लागि राजनितिक धुर्वीकरणको चपेटामा परेको छ।वस्तवमा यसलाई हेर्ने हो भने अहिलेको चिन(अमेरिका युद्द जुन व्यापरयुद्दबाट बढेर शितयुद्द हुँदै कोरोनायुद्दमा परिवर्तन भएको छ त्यसलाई एक नजरवाट हेर्ने हो भने लोकपृयताको लडाई नै हो।नेपालमा पनि विभिन्न राजनितिक दलको सस्तो लोकपृयाताको नाराले मुलुकले सहि सासक पाउन सकेन।बिश्वाको एक सर्भे अनुसार ३४ जना नोबेल पुरुस्कार बिजेताले जनसन्ख्या बृद्दी र जलवायु परिवर्तनले क्रमश र खाध्यन्न र पानी उपलब्ध गराउन नसकिने हुदा मानव अस्तित्व सङ्कट्मा पर्दै जाने सम्भवना रहेको बताएका छ्न।पश्चिमा शक्तिहरु बिचको धुर्वीकरण,मध्यपुर्वमा भएको सङ्कट आदि कारणहरु आउनुमा लोकपृयताको लडाई नै हो।अहिले कोरोना कहरमा अमेरिकाले त्यसको निधान गर्ने भन्दा चर्काउने काम बढी गरेको छ।यो ट्रम प्रशासनको सस्तो लोकपृयतावादी पन हो र यसले राजनितिक ध्रुवीकरण बढाउदै लगेको छ।
आणावीक युद्द र जलबायुमा प्रभावः
अहिले आफुलाई शक्तिशाली बनाउन बिश्वाका विभिन्न राष्ट्रहरु आणावीक हतियारहरुको प्रतिस्प्रधा गरिरहेका छ्न।बिज्ञान र प्रवीधिको बिकास सङगै यसले चुनौती पनि दिदै आएको छ।युद्दमुखी नेता शासकको हातमा आणावीक हतियार छ।त्यो आणावीक हतियार आफ्नो अनुकुल नहुनु बितिकै कुनै पनि बेलामा आक्रमाणका लागि प्रयोग हुन सक्छ।यसमा २३ जना नोबेल पुरुस्कार बिजेताले आणावीक हतियार युद्द्ले बिश्वा मानव समुदायको अस्तित्व सङ्कटमा पर्दै सम्भवाना रहेको बताएको छ।

COVID19-graphic-POST-SIZE-coronavirus
घातक नयाँ रोगः
बिश्वामा घातक नयाँ रोगको कारण पनि मानव मात्रको अस्तित्व संकटमा पर्दै गएको कुरालाई ८ जना नोबेल पुरुस्कार बिजेताले बताएका थिए।बिश्वा स्वास्थ्य सङगठन ध्ज्इका अनुसार ब्लतष्दष्यतष्अ औषधीले निको नहुने रोगले गर्द मानव अस्तित्व सङकट्मा पर्ने बताएको छ।मानव स्वस्थ्य र खाध्य सुरक्षालाई बिकासले खतरामा पुराएको बताएको छ।
स्वर्थ र वैमानी बढ्दो इन्टरनेटको प्रभावः
बिश्वाका मानव समुदायलाई जीवन मर्छ,मर्नुपर्छ भन्ने कुराको हेक्का हुदा हुँदैपनि स्वर्थ र बैमानी काममा अग्रसर हुँदै गएका छ्न।तेरो र मेरो,म कि त ठूलो,त भन्दा म धनी भन्ने भावनाले ओतप्रोत हुँदै आएको छ।इन्टरनेटको बिकास सङगै यसको प्रभावले मानव समुदायमाथी खतरा निम्तनेमा ८ प्रतिसत कारण रहेको बताएका छ्न।
धार्मिक अतिवाद र आतङकवादः
६ प्रतिसतले धार्मिक अतिवाद र आतङकवादले बिश्वा मानव समुदाय खतरामा पर्दै गएको छ भनि बताएका छ्न।बिश्वामा अहिले धार्मिकयुद्द भैइरहेको छ।कृश्चियन र हिन्दुबिचमा पनि सङघर्ष भैइरहेको छ।भारतिय प्रधानमन्त्री हिन्दुवादी नेता भएकाले हिन्दुत्वको बिश्वमा प्रभाव जमाउन अग्रसर छ्न।उता गोरा जातिहरुले कृश्चियन धर्म मान्ने हुनाले मुस्लिम धर्मलाई दवाउन अमेरिका लगायतका बिकाशित देशमा कृश्चियनहरु एक भैइ मुस्लिम,खाडी राष्ट्रहरुका बिरुद्दमा लागि रहेका छ्न।नेपालमा पनि हिन्दु र मुस्लिम,हिन्दु र कृश्चियनबिच अघोषित युद्द्द देखिन्छ।धार्मिक सह अस्तित्वको सिद्दान्तलाई पालना नगर्ने हो भने धार्मिक अतिवाद मौलाएर जान्छ।जसले युद्द निम्त्याउछ।आतङवाद पनि बिश्वाका मानव समुदायको बिनासको अर्को कारण हो।
अज्ञान्ता तथा सत्यको तोडमोडः
बिश्वाका मानिसहरु देखि उसले बनाएको बिभिन्न्न राजनितिकदल तथा विभिन्न निकायमा पहिलो अज्ञान्ताको कारण सबै कुरा बुझेका हुदैनन उ नजानिन्दो पारामा आज्ञान्ताको सिकार भएका हुन्छ्न।सत्यकुरालाई टेडोमेडो बनाउने,अस्वीकार गर्ने कामले असत्यहरुरलोभी पापिहरुको जित हुँदै जादा सत्यवादीहरु तिनिहरुको मिचाई पर्द्छ।अज्ञानता र सत्य कुराको टेडोमेडो बनाउनले मानव समुदायको अस्तित्व संकटमा पर्दै जाने सम्भावना रहेको ६ प्रतिशले बताएको छ।उदाहरणको लागि एउटा घरपरिवारमा असत्यहरुको हावी भएर गयो भने अरु मारमा पर्दछ।तर सत्य कुराको तोडमोड गर्नेहरु आफुलाई असत्य छु भन्ने सम्मको हेक्का राख्दैन।
कृतिम मानवः
कृतिम मानव र रोवर्ट निर्माणका कारण मानिसको जिवनमा सङकट पर्ने बताउदै आएका छ्न।यसमा ७प्रतिशतले यो कुरा बताएको थियो।
असमान्ताः
बिश्वामा असमान्ताकै कारण ठुला(ठुला युद्धहरु भएको ईतिहास छ र हुने गरेको छ।एउटा घर परिवारमा पनि आर्थिककै कारण अग्लो र होचो हुने गरेको छ।घरपरिवार,समाज हुँदै देश,अनि बिश्वामा असमन्ता बढै जान्छ र हुने र नहुने बिचमा झगडा शुरु हुन्छ।यो कारण बिश्वा मानव समुदाय सङकटमा पर्दै जाने सम्भवना रहेको ४५ले बताएका छ्न।
लागू औषधः
अर्को कारण लागू औषधका कारण पनि बिश्वमा २५ मानिसहरुको जीवन सङ्कटमा पर्दै गएको बताएका छ्न।
अन्तमा,
यसरी बिश्वामा मानिसहरु आफ्नो बिनास आफै खनिरहेका छ्न।हामी पनि प्रत्येक्ष या अप्रत्येक्ष रुपमा यसमा सम्लग्न भएका छौ,जानेर वा नजानेर! यसकारण हामिमा भएका माथी केही उल्लेखित अहङकारलाई त्याग्न सकेनौ भने,म त बाचुन्जेल हो भन्दै आफ्नो भावी सन्ततिप्रती जिम्मेवार नहुने हो भने पृथ्वीमा मानव समुदायको अन्त्य निकै चाडै भएर जानेछ।यसमा सचेत बनौ।