इटहरीः भनिन्छ, कलमको सहि सदुपयोग भए एउटा अक्षरले संसार बदल्न सक्छ । हो आज यस्तै कमलको लेखाईले धेरै ज्याला मजदुरीको पेट भरिएको छ । प्रदेश पोर्टल डटकममा एउटा समाचार आयो त्यस समाचारको हेडलाइन थियो, बिद्यार्थी र मजदुर भन्छन्ः कोठामा खाद्यन्न छैन, घरबेटीको दबाब उस्तै छ, कसरी तिर्ने कोठाभाडा ?

सो शिर्षकको समाचार जब भोजपुरका ब्यबसायी सानु तिवारीको फेसबुक वालमा पुग्यो त्यसपछि तिवारीले ति समाचारमा आएका पात्रको खोजी गरेर केही राहत दिने बिचार गरेर पत्रकार मनोज भुजेललाई टेलिफोनबाट जानकारी लिए । र राहत दिने स्थान अथवा मजदुरहरुको घरसम्म पुगेहाले ।
समाचारमा उनिहरुको अवस्था बारे जति लेखिएको थियो, त्यो भन्दा बिजोक अवस्था देखे पछि उनले तुरुन्तै इटहरी वडा नम्बर ५ का स्थानीय २१ घर परिवारलाई राहत लिन गोदाममा आउन निम्तो दिए । तिवारी त्यती भन्नसाथ उनीहरुमा भगवान् नै प्रकट भएजस्तै गरी खुसीयाली नै छायो । उनीहरुले स्थानीय सरकारले यसअघि दिएझै १० किलो चामल देलान भनी ठानि राहत लिनका लागि हात सानो झोला बोकेर तिवारीले भनेको गोदामसम्म आए । तर तिवारीले ३० केजी चामल भएको एक बोरा चामल, दुई केजी दाल, एक केजी, नुन, र एक लिटर तेल दिए । यति पाएपछि २१ घरपरिवारका सदस्यहरुमा खुसीको कुनै सिमानै रहेन् ।

 

sanu 3
राहत पाएपछि कतिपय भन्दै थिए हामी त वडा कार्यालयले दिए जति राहत होला भनेर झोला बोकेर आयौं तर एक बोरा चामल नै पाईयो । ती २१ घर परिवारले वडा कार्यालयबाट पहिलो चरणको राहत वापत १० किलो चामल पाएका थिए । दोस्रो चरणको राहत माग गर्दा वडाले टोल विकास संस्थाबाट नाम नआएको भन्दै त्यसै फर्काईदिएको थियो । लकडाउनका कारण श्रमगर्न जान समेत नपाएका उनिहरुको कयौ रात भोकभोकै वितेका थिए । राहत पाउनेहरुमा कोही होटलमा भाडा माज्ने, कोही उद्योगमा काम गर्ने श्रमिक हुन् । कोही बिभिन्न जिल्लाबाट अध्ययन गर्न बसेका बिद्यार्थी हुन् ।

sanu 2
२१ परिवारको पहिला वास्तविक अवस्था बुझेर मात्र राहत वितरण गरेका खाद्यान्न दाता युवा व्यवसायी सानु तिवारीले भने –‘मेरो एकल प्रयास र लगानीमा आज सम्म करिब ४ सय ८० परिवारलाई राहत वापत खाद्यान्न दिईसके तर यी २१ घर परिवारको जस्तो विजोग मैले पाएको थिइन् ।’
तिवारीले यस्ता परिवारका बारेमा समाचार प्रकाशन गरेर आफुलाई राहत प्रदान गर्ने अवसर प्रदान गरेको भन्दै प्रदेश पोर्टल डटकमलाई धन्यवाद पनि दिए । उनले भने –‘मैले यतिका परिवारलाई भोट, नोट या कुनै स्वार्थ राखेर राहत वितरण गरेको होइन् । यो महासंकट र महामारीका बेला एक मानवले अर्को मानवलाई सकेको सहयोग गर्नु नै मानव जातिको धर्म ठानेर राहत दिइएको हो ।’
उनले हाल सम्म ४ सय ८० घर परिवारलाई उनिहरुको घर घरै पुगेर राहत बितरण गरिसकेको जनाए । अब आउने दिनमा पनि खाद्यन्नको अभावमा भोक भोकै बसेका व्यक्ति या परिवार कुनै माध्यमबाट आफ्नो सम्पर्कमा आए उनिहरुलाई पनि सकेको सहयोग गर्ने प्रतिवद्धता पनि तिवारीले जनाए ।

 

 

sanu 1