संखुवासभाः संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको क्वारेन्टाइनमा बसेकाहरुलाई लक्षित गरेर अरुणबरुण सहकारी संस्था लिमिटेडले खाद्यान्न सहयोग गरेको छ ।
बिहीबार एक कार्यक्रम बिच खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडालाई सहकारीका अध्यक्ष ईश्वरकाजी कटवालले सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग सामग्री बुझ्र्दै मेयर खतिवडाले अरुणबरुण सहकारीलाई धन्यवाद दिए ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्न तथा नियन्त्रण गर्नका लागि खाँदबारी नगरपालिकाले बरुण बहुमुखी क्याम्पसमा ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । उक्त क्वारेन्टाइनमा जिल्ला बाहिरका विभिन्न ठाउँहरुबाट आफ्नो गाउँघर फर्र्िकएकाहरुलाई क्वारेन्टाइनमा राख्ने गरेको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको निगरानीमा १५ दिन सम्म क्वारेन्टाइनमा राखेर राम्रोसंग स्वास्थ्य चेकजाँच पछि मात्रै घर जान दिने गरेको खाँदबारी नगरपालिकाले जनाएको छ ।
उक्त खाँदबारी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा हाल ५ महिला र २२ पुरुष गरि २७ जना राखिएको छ । १० वटा स्थानीय तह रहेको संखुवासभा जिल्लामा १ सय ८२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।