धरानः कोभिड १९ को नियनत्रणका लागि नेपाल सरकारले लगाएको लकडाउन पुर्ण रुपमा पालना गराउन र आत्मनिर्भर बनाउने उद्धेश्यले धरान उपमहानगरपालीका वडा नं. १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईको योजानमा वडाका ४ सय भन्दाबढी वडाबसाीलाई ३९ हजार ५ सय ३२ रुपैयाकको काक्रा, फर्सी ,लौका , मकै लगायत साग,सब्जि तथा कृषिजन्य वस्तुको वीउविजन वितरण गरेका छन् ।
अव यो कोरोना भाइरस कहिले नियन्त्रण हुन्छ भन्ने यकिन छैन , जनतलाई कहिलेसम्म राहत दिएर वचाउने यो महत्वपुर्ण कुरा भएकाले वडावासीलाई आत्मनिर्भर वनाउने उद्धेश्ले कृषीकर्ममा आर्कषित गर्न वीउविजन वितरण गरेको वडाअध्यक्ष भट्टराईले बताए । उनले अब राज्यले नै स्पष्ट नीति बनाएर आम नागरिकलाई कृषीमा प्रोत्साहित गर्नु पर्ने बताए ।
हामीले जनतालाई कृषिमा आर्कषित गर्न सक्यौँ भने मानिस त्यसमा व्यस्त हुन्छन जसले गर्दा लकडाउनको पनि पुर्ण रुपमा कार्यन्वयन हुनुका साथै मानिसको मनोविज्ञानमा पनि असर नपर्ने उनको तर्क छ ।
उनका अनुसार वडाका निश्चित वडाबासीलाई वीउविजन वितरण सुरु गरिएको हो । तर पछि धेरैले हामी पनि गर्छाै भनेर आएपछि इच्छा भएका मानिसलाई गर्न दिनुपर्छ भनेर गर्छौ भन्ने सबैलाई बीउ उपलब्ध गराइएको छ । बीउ लगेका प्रायः सबैले आफ्नै घरबासीमा राम्रोसंग खेती सुरु गरेको वडा अध्यक्ष भट्टराईले बताए ।
जनताले आफै उत्पादन गरेपछि यो समयमा राज्यलाई पनि कम लोड पर्ने उनको बुझाई छ । त्यती मात्रै होइन, वडावासी आफैले अग्र्यानिक साँग सब्जीको उपभोग गर्न पाउने उनले बताए ।