दक्षिणी झापाको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी माथि भारतीय आक्रमण, हबल्दार घाईते

  • जेठ ९, २०७७
  • १०८६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः नेपाली भूमिमा प्रवेश गरेका भारतीय नागरिकलाई सीमा तैनाथ सशस्त्र प्रहरीले रोक्न खोज्दा सीमा तैनाथ शसस्त्र प्रहरीमाथि भारतीयहरुले आक्रमण गरेका छन् । भारतीयहरुको आक्रमणबाट शससत्र प्रहरीका हबल्दार शंकर चौधरीको टाउको र हातमा चोट लागेको छ ।
कोरोना भाइरसको उच्च जोखिममा रहेको दक्षिणी झापाको कचनकवलमा फेरि भारतीय नागरिकले सीमामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण गरेका हुन् । उनिहरुले यसरी नेपाल तर्फ तैनाथ शसस्त्र प्रहरीलाई आक्रमण गरेको तेस्रो पटक हो । नेपाली भूमिमा प्रवेश गरेका भारतीय नागरिकलाई सीमा तैनाथ सशस्त्र प्रहरीले रोक्न खोज्दा उनीहरूले आक्रमण गरेको बताइएको छ ।भारतीय नागरिकले सशस्त्र प्रहरी हवल्दार चौधरीलाई कुटपिट गरेका छन् । कचनकवल गाउँपालिका १ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्वमा रहेको १२२ नम्बर पिलर नजिकै सशस्त्रको अस्थायी पोस्टमा राखिएको छ ।पोस्टमा सशस्त्रका हवल्दार चौधरीसहित पाँच जना खटिएका थिए ।त्यहाँका ५,७ जना भारतीय नागरिक शुक्रवार बिहान साढे ९ बजे नेपाली भूमिमै आएर घाँस काटेर फर्किन लाग्दा सशस्त्र प्रहरीले सीमामै रोकेर उनीहरूलाई नेपाल प्रवेश नगर्नु भनी सम्झाउन खोजेका थिए ।किन सम्झाएको भन्दै भारतीय नागरिकले सशस्त्र प्रहरीलाई गालीगर्लौच गर्दै एक्कासि बाँसको भाटाले सशस्त्रका हवल्दार चौधरीको टाउकोमा प्रहार गरेका थिए ।
सोही क्रममा दुवै पक्ष बिच सामान्य झडप भएपछि थप ५० देखि ६० जनाको भारतीय नागरिकको हुल आएर आक्रमणको प्रयास गर्न खोजेको गाउँपालिका ३ नम्बर वडा अध्यक्ष विजय राजवंशीले जानकारी दिए । उनका अनुसार भारतीय नागरिकले सशस्त्रका हवल्दार चौधरीलाई बाँसले प्रहार गरी कुटपिट गर्दा हात र टाउकोमा चोट लागेको छ ।
सोही क्रममा दुवै पक्ष बिच सामान्य झडप भएपछि थप ५० देखि ६० जनाको भारतीय नागरिकको हुल आएर आक्रमणको प्रयास गर्न खोजेको गाउँपालिका ३ नम्बर वडा अध्यक्ष विजय राजवंशीले जानकारी दिए । उनका अनुसार भारतीय नागरिकले सशस्त्रका हवल्दार चौधरीलाई बाँसले प्रहार गरी कुटपिट गर्दा हात र टाउकोमा चोट लागेको छ ।
यसअघि पनि कचनकवलको घेरावारीको चमारभिट्टा र केचनाको खुट्टामनि सीमामा पनि सशस्त्र तथा नेपाल प्रहरी माथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका थिए ।फोटोः कनकाई अनलाइन

प्रतिक्रिया दिनुहोस

आज देशभर एक हजार दुई सय ५५ संक्रमित थपिए, २५ जनाको मृत्यु

इटहरीः आज देशभर एक हजार दुई सय ५५ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै संक्रमितको कुल ...

अफगानिस्तान अशान्तिः कार बम आक्रमणमा कैयौँ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको एउटा सैन्य शिविरमा गराइएको एउटा कार बम आक्रमणमा कम्तीमा ३० जना सुरक्षाकर्मीहरूको मृत्य ...

प्रदेश १ मा ४२१ जना संक्रमणमुक्त, १७७ संक्रमित थपिए

इटहरीः पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved