इटहरीः भारतले लिपुलेक–कालापानी क्षेत्रमा सिमाना मिचेको बिषय पेचिलो बनिरहेका बेला नेपालका चर्चित कलाकर्मीहरुले सीमाना बोलको गीतको भिडियो निर्माण गरेका छन् ।
टेक तामाङको रचनामा निर्माण भएको सिमाना बोलको गीतको भिडियो यूटुवमार्फत सार्वजनिक पनि गरिएको छ ।
आफ्नो सिमा रक्षा र गुमेको एक इन्च माटो पनि त्यसै नछाड्नुका साथै आफ्नो देशको माटोका लागि प्राण दिनपनि पछि नहट्ने सन्देश प्रवाह गरिएको छ ।
सो गीतमा भुपेन्द्र रायमाझीको संगीत रहेको छ । सुमित खड्का र प्रवलदीप विश्वासको स्वर रहेको सो गीतको भिडियो निर्माणमा निर्देशनको जिम्मेवारी अरुण प्रधानले निर्वाह गरेका छन् ।

100922305_3146129445516696_3266693730962243584_o
भिडियोमा कलाकर्मीहरु प्रेम सुब्बा, रविन्द्र झा, बिक्रम श्रि, दिनेश कोईराला, भाइसन बर्देवा, धीरेन्द्र प्रेमर्षी, सुवास थापा, सिताराम पोख्रेल, विजय सुब्बा, सुमित खड्का, अरुण प्रधान,प्रवलदीप विश्वास, नविन मेन्याङवो. डा. विनोद श्रेष्ठ, अशेष तिम्सिना ,सुरेन्द्र तामाङ, लवकुमार राजवंशी लगायतले अभिनय गरेका छन् ।
भिडियोको सम्पादन प्रवलदीप विश्वासले गरेका छन् । भिडियोको छायांकन देशका बिभिन्न स्थान र बेलायतमा समेत गरिएको छ । विजय सुब्बा, राजीव दाहाल, जगदीश कार्की, यज्ञ पराजुली, किशन राजवंशी र सागर नेपालले भिडियोको छायांकन गरेका छन् ।