इटहरीः नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभाग मिचेर भारतले सडक निर्माण गरेसंगै यसको विरोधमा सदन र सडक यतिबेला निकै तातेको छ । सिमा नेपाली भूमि मिचेर भारतले सडक निर्माणपछि नेपाल सरकारको तर्फबाट मिचिएको भूमिलाई समेत समेटेर नयाँ नक्सा जारी गरेपछि यो बिषयले देश विदेशमा ठूलै बहस सृजना गरेको छ ।
वीर गोर्खालीका सन्तानका रुपमा विश्वभरी चिनिएका नेपालीहरुलाई भारतले हेपाह प्रवृति पुनः दोहोर्याएर नेपाली भूमि मिचेर सडक निर्माण गरेपनि नेपालीहरुको रगत नतात्तने कुरा आउँदैन । मिचिएको भूमि फिर्ता ल्याउनका लागि अन्तराष्ट्रिय तहमै दवाव सृजना गर्न प्रतिदिन सदन र सडक तताई रहेको छ । सदन र सडकमा केही राष्ट्रघाती व्यक्तिहरुले भारतीय मिचाहा प्रवृतिको खुलेरै सर्मथन गरिरहेका छन् ।
आफ्नी आमा समानकी नेपाली धर्ती(भूमि)को रक्षा गर्नु आम नेपालीहरुको पहिलो कर्यतव्य हो । त्यसपछि पार्टी, जाति, धर्म , सम्प्रादय , समुदाय र लिङको कुरा आउछ ।
भारतले मिचेको लिपुलेक, लिम्पियाधुरा तथा कालापानीको भूभाग फिर्ता ल्याउनका लागि देश विदेशमा बिभिन्न तरिका र माध्यमबाट इमान्दार सच्चा राष्ट्रप्रेमी नेपाली जनताले विरोधका स्वरहरु गुन्जाई रहेका छन् । भारतको मिचाहा र हेपाहा प्रवृतिबाट आम नेपालीहरुको मन दुःखी रहेका बेला गीत संगीतको माध्यबाट जागरण ल्याउने कलाकारहरुको मन पनि यो बिषयले कम दुखेको छैन् ।
एक दशकभन्दा अघिबाट गीत संगीत, म्यूजिक भिडियो र चलचित्र समेतको निर्माण गरि आम नेपाली श्रोता/दर्शकलाई जागृत गराउँदै आएको जि.एम.प्रोड्क्सन प्रालिका संचालक शिर कुमार साम्पाङ राई सहितको टिमले भारतले मिचेको लिपुलेक, लिम्पियाधुरा र कालापानीका बिषयमा देश विदेशमा रहेका आम नेपालीहरुमा जागरण ल्याउनका लागि राष्ट्रिय गीतको निर्माण शुरु गरेका छन् ।


अबको १० दिनभित्रमा आम श्रोता र दर्शक सामु ल्याउने तयारीका साथ राईको टिम दिनरात नभनि यतिबेला ग्लोरी मिडिया इटहरीको स्टुडियोमा धमाधम गीत निर्माण काम भईरहेको छ ।
यादु राज राई (रिजन)ले लेखेको शब्दमा आर. सि. फुलहाङ्गले गरेको सङ्गीतमा शिर कुमार साम्पाङ राई , गजेन बान्तवा, आर. सि. फुलहाङ्ग, सुनिता सनयाक लिम्बू, बसुन्धरा राई र बिमला गुरुङ्गले स्वर भरेका छन् ।
गजेन बान्तवाको सङ्गीत सम्योजन रहेको सो गीतको अडियो मास्टरीङ रणदीप भुजेलले गरिरहेका छन् । गीतको अडियो र भिडियोको काम जि.एम. प्रोड्स्न प्रा.लि.ले गरिरहेको संचालक शिर कुमार साम्पाङ राईले बताए ।
राई लगायतको टिमले निर्माण गरिरहेको राष्ट्रि«य गीत यस्तो छः
टिस्टा दुख्छ छाती भित्र सुस्ता नालापानी
अझै पनि किन हेप्छ सबै जानीजानी
वीरहरुका देश नेपाल हामी वीर नेपाली
लिपुलेक, लिम्पियाधुरा हाम्रै कालापानी
कहिले ढाल्छौ जङ्गे पिल्लर सार्छौ सिमाना
विश्व जित्ने नेपाली हौं ठट्टा नमान
सगरमाथा शिर हाम्रो खुकुरी छ शान
देशको लागि मार्छौ मर्छौ कजोर नठान
फेरि पनि सिमानामा टेक्यो छिमेकीले
पहिले जस्तै यसपाली नि हेप्यो शोषकीले
ढिलो होला सिमा रोक्न उठौँ मेचीकाली
चुक्नु हुन्न झुक्नु हुन्न हामी यसपाली