पर्वत:पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको थियो । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । घटनामा थप चार जना बेपत्ता छन् ।

मृत्यु हुनेमा ५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीय मिनकुमारी थापा, ८ वर्षीया विवसा थापा, ३० वर्षीया दिपा थापा र ३५ वर्षीया कमला बिक छन् ।

 बेपत्ता हुनेमा १४ वर्षीय सम्राट थापा, १६ वर्षीय विवेक थापा, १३ वर्षीय जेनिस बिक र ७ वर्षीय प्रनिस बिक छन् ।

बेपत्ताको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । सशस्त्र प्रहरी बलको २५ नम्बर चण्डिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शुसान्त थापाको टोली घटनास्थलमा छ ।

पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।