सङ्खुवासभा: सङ्खुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडाको ओयाङ्गमा आइतबार बिहान पहिरो खसेपछि अरुण नदी थुनिएकोमा थुनिएको अरुण नदी पुर्ण रुपमा खुल्न सकेको छैन ।

आइतबार दिउँसो देखी नदीले आफै बहाव परिवर्तन गरी थुनिएको पानी केही भाग बग्न थालेको छ । अहिले पानीको बहाब सामान्य रहेको भएपनि पानी परिरहेकाले जोखिम रहेको जिल्ला प्रहरी कार्यालय खादँबारीका प्रहरी निरीक्षक सन्तोष कुमार राईले जानकारी दिए । उनले प्रदेश पोर्टल सगैं भने हिजो भन्दा पानीको बहाव कम भएको छ । तथापी पनि पहाडि जिल्ला त्यसैपनि पहिरोको डर हुनेहुदाँ जोखिम रहेको छ ।

 सदरमुकाम खादँबारीबाट हिँडेर जाँदा १ दिन लाग्ने सो स्थानमा आइतबार दिउँसो नेपाली सेना र प्रहरी पुगेर पहिरोबाट विस्थापित र जोखिम एक परिवारका ७ जनाालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी निरीक्षक राईले बताए । पहिरोले प्रकाश राईको ७ जनाको परिवार विस्थापित भएको छ । स्थानीय हिरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले घटनास्थलमा पुगेका सुरक्षाकर्मीले त्यहाँका विस्थापित र जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ ।
े पहिरोको जोखिम रहेकाले आइतबार राति सो क्षेत्रमा पहिरीले गस्ती समेत गरेको थियो ।

नदी नखुलिसकेकोले आसपासका बस्ती रहेको अरुण तेस्रो आयोजनाको पावर हाउस स्थल पुखुवा आसपास र हेलुवाबेसी, चेवाबेसी, मनकामना धनकुटाका पाख्रिबास महालक्ष्मी नगरपालिका र सागुँरीगढी गाउँपालिका लगायत क्षेत्रका स्थानीयलाई अरुण नदी आसपास नजान र सतर्क भएर बस्न प्रहरी र जिल्ला प्रशासनले आग्रहसमेत गरेको छ ।