इटहरी:आज बिहानै देखि देशका विभिन्न स्थानमा भारी वर्षा भईरहेकाले सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश १, २, वागमती, प्रदेश ५ र गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेशका अधिकाशं स्थानमा वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको हो ।

ती क्षेत्रहरूका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत मौसमविद्ले अनुरोध गरेका छन् । दिउँसो सामान्य वर्षा भएपनि राती भारी वर्षाको संभावना रहेको महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै, भोलि प्रदेश १, प्रदेश २,कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, बिहिबार प्रदेश १,२,५, सुदूरपश्चिमका केही भुभागमा वर्षाको संभावना रहेको छ ।