धरानः अन्तराष्ट्रिय स्तरका पर्यटन भित्र्याउन, पर्यटकहरुलाई धेरै टिकाउन गल्फ खेलको निकै महत्व रहेको छ । नेपालका गल्फ खेलको शुरुवात १९६२ बाट भएपनि राज्यको नजर अहिलेसम्म पर्न सकेको छैन ।
गल्फ खेल पर्यटन भित्र्याउनमा खेलले महत्वपुर्ण भुमिका रहने भएपनि राज्यका तर्फबाट नितिगत रुपमा यसको विकासका लागी केही पहल नभएको धरान गल्प क्लवका सचिव जितेन्द्र राई वताउँछन । उनी भन्छन, –‘ हाइ प्रोफाइलका पर्यटक भित्र्याउन गल्फ महत्वपुर्ण छ ।’
के हो ? गल्फ खेल भन्ने विषयमा निकै अन्य खेलमा चासो राख्ने खेलाडीहरुको पनि अनविज्ञता छ । यो खेल राज्यको नजरमा पर्न नसक्नु पनि यस खेलको प्रभावकारीता विषयमा जानकारी नभएकोले हुन सक्ने क्लवका अध्यक्ष टिका राई वताउँछन ।
गल्फ खेलको बिश्वव्यापी नियमअनुसार एउटा गल्फ कोस १८ वटा हलहरुमा खेल्नुपर्दछ । प्रत्येक एक राउण्डमा प्रत्येक हलहरुमा खेल्नुपर्दछ । यो खेलको नियमअनुसार १८ वटा कोस भएपनि ९ वटामा पनि खेल्ने प्रचलन रहेको छ । गल्फको कोस नै प्रतिस्पर्धि भएकोले १ जना पनि खेल्न सकिन्छ भने नियमअनुसार ४ जना एक पटकमा खेल्नुपर्दछ । यदि १८ वटा हल कोसमा छन भने ।
गल्फ खेलको कोस (मैदान)मा ९ र १८ वटा हलहरु हुन्छन । बिश्वव्यापी मान्यता भने १८ वटा हल भएकोलाई मानिन्छ । प्रत्येक टि ग्राउण्डमा कानुनी टि क्षेत्र (Teeing Ground)  हुन्छन जसले केयर वे र अन्य १ खतरा देखाउँदछन जहाँ प्राकृतिक अथवा प्लाष्टिकको हरियो घाँस वा दुवो रहेको हुन्छ । गल्फ एक गेम खेल्न ९ वटा हलमा २ घण्टा लाग्छ भने १८ वटा हल भएकोमा ४ घण्टा लाग्छ । ९ वटा हल भएकोमा पुर्ण गेमको लागी २ पटक खेल्न सकिछ । खेल सुरुवात भएपछि गल्फरले टि ग्राउण्डबाट आइरन सेटले गल्फ वललाई हान्दछन । प्रत्येक हलबाट हान्दै जान्छन ।

IMG_20190223_142309
गल्फ खेलको ऐतिहासिक पृष्ठभुमि
गल्फ खेलको आधुनिक शुरुवात १५ औँ शताव्दीमा स्कटल्यण्डबाट भएको पाइन्छ । गल्फको ऐतिहासिक शुरुवात कहाँबाट भयो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । केहि इतिहासकारहरुले पेगनिकाको रोमन खेलमा यस खेललाई फेला पारेको भन्ने पाइन्छ । जुन खेलमा पनि खेलाडीहरुले छालाको वललाई प्रहार गर्न वन्ट स्किटको प्रयोग गर्दथे । इसापुर्वको प्रथम शताव्दीमा रोमीहरुले धेरै महाद्धिप कव्जा गरेर मुर्तिपुजक युरोप फैलिएपछि आधुनिक खेलको विकास भएको पाइन्छ ।

IMG_20190504_182047

नेपालमा गल्फ कोर्स
प्रदेश नं. १ सुनसरी धरानको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको नेपालको सबैभन्दा पुरानो गल्फ कोस हो । यो कोसमा १८ हल नै रहेको छ । यसवाहेक काडमाण्डौमा ३ वटा हलहरु रोयल गल्फ कोस, आर्मी गल्फ कोस, गोकर्ण गल्फ कोस, पोखराको हिमालयन गल्फ कोस र प्रदेश नं. ५ मा एउटा गल्फ कोस रहेका छन भने अहिलेसम्म ३ वटा प्रदेशमा भने एउटा पनि गल्फ कोस स्थापना हुन सकेका छैनन् ।
कहाँका गल्फर आउँछन धरान र दैनिक कति खेल हुन्छ ?
लकडाउन हुनुभन्दा पहिले सामान्य एक दूइ गेम हुने गरेको थियो । लकडाउन भएपछि त्यो पनि शुन्य भएको छ । सामाजिक स्तरवाट गल्फ कोसको व्यवस्थापन गर्दै आइएको थियो । जो खेल्न आउछन उनीहरुबाट केही चार्ज उठाएर गरिन्थ्यो अहिले त्यो नभएपछि व्यवस्थापन पनि भइरहेको छैन । धरानमा गल्फ खेल्नकै लागी एउटा टुर्नामेन्टमा जापनदेखी आएका छन । अन्य सिंङ्गपुर, हङकङ जर्मनी लगायतका ठाउँबाट पनि आएका छन । यो अवस्थामा यतिको गल्फर आउनु भनेको राम्रो हो । यसको व्यवस्थापन र प्रचार गर्न सके राम्रो अन्तराष्ट्रिय गल्फरहरु आउने सम्भावना रहेको वताउाछन गल्फर तथा धरान गल्फ क्लवका सचिव जितेन्द्र राई ।
धरानमा गल्फ र पर्यटन व्यवसाय
धरानमा रहेको गल्फ कोस नेपालकै पुरानो र ठुला कोस हो । यसको वयवस्थापन र प्रचारप्रसार हुन नसक्दा धरान निकै घाटा भएको वताउँछन धरान गल्फ क्लवका सचिव तथा गल्फर जितेन्द्र राई । उनका अनुसार गल्फ खेलले हाइ प्रोफाइलका पर्यटक भित्र्याउन धेरै महत्वपुर्ण भुमिका खेल्छ । यसको वयवस्थापन र प्रचार हुन नसक्दा थलिएर बसेको छ । धरानमा बाह्य पर्यटक भित्र्याउन पनि यो खेलको महतवपुर्ण । त्यसैले हामीले प्रदेश सरकारलाई पनि ध्यानाकर्षण गरायोै तर केहि नभएको गुनासो गर्दछन राई । उनि थप्छन, दुःखको कुरा यो यहाँ यत्रो गल्फ कोर्ष छ । धरानका होटल व्यवसायीहरुलाई बाह्य देशबाट आउने पर्यटकले गल्फ खेल्न चाहेर सोधे पनि छैन भनेका छन । त्यसैले यसको प्रचार आवश्यक छ ।

पर्यटकहरु आउदा गल्फले हरेक पर्यटकलाई थप एक दिन रोक्न सक्छ । यहाँ अन्तराष्ट्रिय का साथै ठुला उद्योगी, व्यवसागीहरु आउँछन । उनीहरु गल्फ खेल्न् चाहान्छन तर यसको जानकारी र व्यवस्थापन नहुँदा त्यसै बसेको छ । धरान गल्फ क्लवका अध्यक्ष भन्छन, अव यसको विषयमा केहि हुने आशा गरेको वताउँछन किनभने अहिले धरान प्रमुख तिलक राई आफै गल्फर र खेलाडी उत्पादन संस्था नेपाल गल्फ एसोसियसन नेपालका केन्द्रिय उपाध्यक्ष समेत हुन । उनी थप्छन, यसको व्यवस्थापन नभएर गल्फ खेल छ मात्र भन्ने जानकारी गराइदिए पनि राम्रो हुने थियो । अहिलेसम्म नगरले यस विषयमा केही गरेको छैन भन्ने प्रश्नमा सचिव राई भन्छन् नगरेकै चाँही भन्न मिल्दैन वर्षमा एउटा टुर्नामेन्टको लागी १ लाख रुपैया दिने गरेको छ, त्यति यो विकास र व्यवस्थानका लागी नगन्य हो । गल्फ खेलमा नेपालको केन्द्रिय सरकार , प्रदेश सरकारको ध्यान पुग्न सके धरानको मात्र होइन नेपालकै पर्यटन विकासमा सहयोग पुग्छ ।