इटहरी: मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको खोलाले बगाएर मृत्यु भएको छ ।

बक्राहा खोला नजिकै गाईवस्त् चराई रहेकी शाहलाई बिहिबार साँझ अचानक खोलाले बगाएको थियो ।

बेपत्ता भएकी शाहलाई ईलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा आज बिहान साढे १० बजे बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।