देशभरका सक्रिय नाट्य संस्थाहरुद्वारा नाट्य प्रज्ञा प्रतिष्ठानलाई ध्यानाकर्षण पत्र

  • असार १२, २०७७
  • १०४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

काठमाडौंः कोभिड १९ को कारण कला साहित्यको क्षेत्रमा रङ्गमञ्च सबैभन्दा बढी प्रभावित भएको सन्दर्भमा विभिन्न मागसहित नेपालका सक्रिय नाट्य संस्थाहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षणख पत्र बुझाएको छ ।
नेपाली रङ्गमञ्च सदैव अभिभावकत्वविहिन अवस्थाबाट गुज्रिरहेको सन्दर्भ केलाउँदै प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रहसहित नेपाल भरका नाटकघरसहितका नाट्य संस्थाहरुको अगुवाईमा ९ बुँदे मागसहित संयुक्त ध्यानाकर्षण पत्र उपकुलपति हरिहर शमासमक्ष बुझाइएको हो ।
ध्यानाकर्षण पत्रमा कोरोना महामारीको समयमा स्वतन्त्र नाट्य संस्थाहरुले नेपाली रङ्गमञ्चको प्राप्ति जोगाउन अनेकन प्रयासहरु गरिरहेक पनि सरकारको कानुनी रुपमै गठन हुने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वेवास्ता गरेको गुनासो समेत गरिएको छ । वर्तमान समयमा रङ्गकर्मीहरु संकटबाट गुज्रिरहेकोले पलायन हुने अवस्थामा समेत पुग्दै गरेको उल्लेख गर्दै तत्काल यसतर्फ सचेत हुन प्रतिष्ठानलाई रङ्गकर्मीहरुले आग्रह गरेका छन् ।
नेपालभरका ५० भन्दा बढी सक्रिय नाट्य संस्थाको संयुक्त ध्यानाकर्षण पत्रमा तत्काल राहतमुखी र सिर्जनात्मक कार्यक्रमको पहल गर्न, देशभरको रङ्गकर्मीहरुको तथ्यांक राख्न, स्वतन्त्र रङ्गकर्मीको पक्षमा नीति तथा कार्यक्रम ल्याउन, बजेटमा स्वतन्त्र रङ्कर्मप्रति सम्बोधन गर्न पहल गर्न, स्थानीय तहसम्म रङ्गमञ्चको स्पष्ट भूमिका कायम राख्न माग गरिएको छ ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै उपकुलपति हरिहर शर्माले आफ्नो समयदेखि नै नेपाली रङ्गमञ्चले यस्ता विविध समस्या भोग्दै आएपनि अहिलेसम्म समस्या समाधान र सम्बोधन हुन नसकेको स्वीकार्दै ध्यानकर्षण पत्रको स्वागत गरे । उनले उो महामारीबाट रङ्गकर्मीहरु निकै प्रभावित भएको भन्दै यसको समाधानको उपाय खोजी भइरहेको जनाए । ध्यानाकर्षण पत्रका बुँदाहरु अध्ययन गरी पहलको थालनी गर्ने पनि आश्वासन दिए ।
ध्यानाकर्षण पत्र बुझाउन थिएटर हवको संयोजनमा देशभरका सक्रिय नाट्य संस्थाहरुको सहभागिता र समर्थनमा काठमाडौंमा रहेका नाटकघरसहितको नाट्य संस्थाका प्रतिनिधि तथा स्वतन्त्र रङ्गकर्मीहरु बिहिबा प्रतिष्ठान पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

विदेशबाट फर्किएका मह ...

इटहरीः विवाह गरेको ऋण ७ वर्षसम्म तिर्न नसकेपछि श्रीमान्‌कै सल्लाहमा ६ वर्षअघि सुनसरीकी राधिका र ...

संखुवासभा पहिरो : ९ ...

संखुवासभा: संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको वेसिन्दामा आइतबार राती पहिरोमा ब ...

संखुवासभाको सिलिचोङ ...

खादँबारी: संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved