इटहरीः कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गर्दा इटहरीमा एक जना पनि कोरोना संक्रमित थिएनन् । लकडाउन सुरु भएको चैत्र ११ गते देखि नै इटहरीका सडक सुनसान भए । मानिसहरु घर बाहिर हेर्न पनि डराए ।

लकडाउनका कारण विकास निमार्णमा असर परेको र मानिसको दैनिक जीवनमा समस्या आएको भन्दै प्रदेश एक सरकारले लकडाउन खुकुलो बनाउने भन्दाभन्दै पहिलो पटक प्रदेश एकको उदयपुरमा सुरुमा कोरोना देखियो । त्यस लगत्तै प्रदेश सरकारले लकडाउन कडा बनायो । तर उता मजदुरको जीवन कष्टकर अबस्थामा गुज्रिरहेको थियो । त्यसपछि दैनिक ज्यालादारीमा काम गर्ने ज्यालादारी र विकास निमार्णलाई ध्यान दिदैं इटहरी उपमहानगरपालिकाले बैठक बसेर विकास निमार्णका योजना कार्यान्वयनलाई निरन्र्तता दिने निणर्य गर्यो । इटहरी आसपासका सडकमा त्यही बेलादेखि गाडी देखिन थाले । लकडाउनमा दैनिक उपभोग्य वस्तुबाहेक अन्य पसल खुलेका थिएनन् । दैनिक उपभोग्य वस्तुका पसल पनि बिहान ७ देखि १० बजे सम्म खुल्न पाएका थिए ।

लकडाउन खुकुलो भएपछि अहिले पनि साँझ ६ बजेपछि प्रहरीले पसल बन्द गराइरहेका छन् । लकडाउन सुरुका दिनमा कोरोना भाइरससगँ डराएका मानिस अहिले भने त्यतिबेला जस्तो डराउन छोडेका छन् ।

‘कोरोना संक्रमित १ जना पनि नहँदा जुन डर थियो, अहिले संक्रमित हुँदा त्यति डर देखिएको छैन ।’
जनता क्याम्पस इटहरीमा समाजशास्त्र अध्यापन गराउँदै आएकी सहायक क्याम्पस प्रमुख डा. गीता अधिकारीले भनिन् ।

अहिले सुनसरीमा ८५ जना कोरोना संक्रमित छन् भने इटहरीमा दुई जना रहेका छन् । एक जना १८ वर्षीय युवा निको भएर घर फर्किसकेका छन् भने अर्का एक ब्यक्ति जनता क्याम्पसको क्वारेन्टिनमा रहेका बेला कोरोना देखिएको थियो । उनीहरुले उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका छन् ।

लकडाउनका सुरुवाती दिनमा जस्तो इटहरी अहिले सुनसान छैन, मानिसहरु निस्फिक्रि हिँडिरहेका छन् । ‘मान्छेको स्वभाव नै नगर भनेको कुरा गर्ने हो, गर भनेको कुरा नगर्ने हो ।’ अधिकारीले प्रदेश पोर्टलसँग कुरागर्दै भनिन् । ‘अन्तक्रियामा रहन नउपाउँदा मानिसलाई अप्ठ्यारो भयो । बाहिर निस्किए ।’
कोरोना संक्रमणको फैलावटका कारण लकडाउनको सुरु हुने बेला भन्दा अबस्था अहिले जटिल छ । तर रोगले भन्दा भोकले मर्ने पिरले जोखिम मोलेर मानिसहरु बाहिर खुलेआम हिडिरहेका छन् । 

pradesh 6
 
हङकङ बजारको भित्री बजार बन्द             

ब्यापार फस्टाउने सपना
इटहरीको पश्चिम लाईनमा रहेको हङकङ बजारमा पहिलो सटरमा फेन्सी पसल ब्याबसाय गर्दै आएका इटहरीका युवा बाबुराम सुबेदी ४ वर्ष बिदेश बसेर आए । विदेशबाट आएलगत्तै उनले केही भएको रकमले पसल गर्ने सोचले सोही बजारमा मासिक १२ हजार भाडा तिर्ने सर्तमा पहिलो सटर लिएर फेन्सी पसल खोले र करिब ३ वर्ष राम्रोसँग चल्दै गरेको पसल कोरोना भाईरसका कारण तीन महिना बन्द गरे । बन्द भएका बेला ग्राहक कति आए होलान् ? कति फर्किए होलान् ? भन्ने प्रश्न उनका मनमा खेलिरन्थ्यो । कहिले लकडाउन खुल्छ र बिक्रि गर्ने दाउमा रहेका सुबेदी लकडाउन भएपनि इटहरी सरकारले केही खुकुलो बनाउने निणर्य गरेसँगै धेरै ब्यापारीले पसल खोले ।

तीन महिना पछि खोल्दा पनि ग्राहक नआएपछि उनी छक्क परे । ‘दिनानुदिन ब्यापार चल्न छोडेपछि ५ महिनाको कोठा भाडा कसरी तिर्ने? घर ब्यावहार कसरी धान्ने?’ उनले चिन्ता व्यक्त गरे –‘अहिले दिनमा २–३ हजार पनि नहुने भएकाले २ बजे नै पसल बन्द गरेर घर जाने गरेका छौँ, उनले भने ।’

pradesh 2
दिउँसो १ बजे पसल बन्द गर्दै बाबुराम सुबेदी

सोही बजारको भित्रपटि एक सटर लिएर फेन्सी पसल सञ्चालन गर्दै आएकी तारा राईको पनि बिजोक उस्तै छ । उनको घर झापा हो । उनका श्रीमान्को केही बर्ष अगाडी मृत्यु भएपछि उनी दुई छोराछोरी लिएर इटहरीमा कोठाभाडामा बसेर खनारमा एक उद्योगमा काम गर्दै आएकी थिइन् । करिब ३ वर्ष काम गरेपछि त्यहाँ कमाएको रकम र आफन्तले दिएको ऋण लिएर उनले गत फागुन २५ गते सो ठाउँमा फेन्सी पसल खोलिन् ।

pradesh 3
ब्यापारी तारा राई


पसल खोलेको १५ दिन नभई लकडाउन भएपछि पसल बन्द गरिन् । ‘कमाई नभई महिना भरिको करिब ८ हजारका दरले ५ महिनाको कोठाभाडा तिर्नु परेको छ ।’ उनले दुखेसो पोखिन्– ‘एकातिर छोराछोरीलाई कसरी पालन पोषण गर्ने भन्ने चिन्ता छ भने अर्का तिर पसलको भाडा र आँफु बसेको कोठाभाडाको रकम कसरी तिर्ने भन्ने चिन्ता छ ।’ 

यता इटहरी चोक पुर्व संगीत चोक जाने बाटोको छेउमा रहेको विवेक स्टोरको पनि पीडा अरु भन्दा कम छैन । ३ महिनाको लकडाउनपछि पसल खोल्दा पनि ग्राहक नआएको सञ्चालक देवेन्द्र अधिकारी बताउँछन् । ‘लकडाउन अघि दैनिक ३०/३५ हजार हुने ब्यापार अहिले दैनिक २/३ हजार हुने गरेको छ ।’ अधिकारी भने । उनको पनि पसलको मासिक भाडा ४० हजार रहेको बताउँछन् । उनी भन्छन् ‘लकडाउन भएपछिको भाडा सबै तिर्न बाँकी छ । कसरी तिर्ने ? लकडाउन खोले के–के न होला भनियो तर ब्यापार नभएपछि केहि न केही भयो ।’ 

pradesh 4
ब्यापारी देवेन्द्र अधिकारीको पसल

 

यस्तै इटहरी धरान हाईवे सडक स्थित यातायात कार्यालय छेउमा रहेको लालीगुराँस रेष्टुरेण्टका संचालकको पीडा पनि उस्तै छ । जग्गा लिजमा लिएर भरखरै करोडौं खर्च गरी सञ्चालनमा ल्याएइएको रेष्टुरेण्ट लकडाउन अगाडी राम्रै चल्दै आएको थियो । तर जब लकडाउन भयो होटल सुनसान छ । ग्राहकको आवतजावत शुन्य रहेको छ । गाडी पार्किङ एरियामा हरियो घाँस पलाएको सञ्चालक मनोज भण्डारी बताउँछन् ।
‘बैंकको ब्याजले डाडाँ काटेपनि सम्बन्धित निकाय, स्थानीय सरकारले चासो नदिदां आफ्नो ब्यबसाय नै धरासायी अबस्थामा रहन पुग्यो ।’ उनले भने– ‘अहिले रेष्टुरेष्टमा काम गर्ने कर्मचारीलाई छुटिमा घर पठाइएको छु । एक जना सुरक्षाकर्मिलाई मासिक तलब दिएर हेरचाह गर्न लगाइएको छु ।’
पछिल्लो पटक सरकारले लकडाउन खुकुलो बनाउने नियम अनुसार होटल सञ्चालनका लागि होटल खोलेर बस्न नपाईने तर होमडेलिभरी गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै उक्त होटल सञ्चालक भण्डारीले होमडेलिभरी गर्ने योजना बनाए । त्यो पनि उनलाई अव्यवहारिक लाग्यो ।
‘एक प्लेट मःमको अडर आयो । तर, मःमको रकम भन्दा बाईकको तेल बढी खर्च हुन ेभए पछि त्यो काम पनि बन्द गरियो ।’ उनले भने– ‘सरकारले अहिले सम्मको बैंक ब्याज, घरभाडा छुट नदिए होटल सञ्चालक देखि ठुलाठुला लगानीका क्षेत्र लकडाउन खुलेपनि माथि उठ्न नसक्ने प्रष्ट भयो ।’

यता होटल ब्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले अहिले होटल तथा पर्यटन ब्यबसाय धरासायी अबस्थामा रहेको बताउँदै सरकारले बैंक ब्याज, करमा केही छुट, घरभाडा बापतको रकममा सहयोग नगर्ने हो भने होटलका संचालक तथा कर्मचारी भोकै मर्ने अबस्था आएको बताउँछन् । ‘लकडाउन भएको ९० दिन बिति सक्दा पनि सरकारले होटल सञ्चालनको ठोस निर्णय नगरेकाले ब्यवसायी मारमा परेका छन् ।’ उनले भने ।
होटल ब्यबसायीको विषयमा आफूंले स्थानीय सरकार, प्रशासन कार्यालय, तथा प्रहरी प्रशासन बिच छलफल गर्दा पनि कुनै उपयुक्त निणर्य नआएको बताए । ‘अब पनि सरकारले हाम्रो पिर मार्का नबुझ्ने हो भने निजि क्षेत्रका होटल, विभिन्न ब्यबसाय तथा अन्य ब्यापारीको भविष्य अन्धकार रहेको छ ।’ अध्यक्ष पराजुलीले भने– ‘होटल तत्काल खुलाउन आबश्यक वित्तीय व्यबस्था मिलाउन सरकारले दिने भनेको पुनर्कजा पाउँछ कि पाउँदैन भन्ने दुविधा रहेको छ । सरकारले दिने भनेको सहुलियत ऋण पाइयो भने होटल खुलाउन सकिन्छ ।’
कोरोना भाइरसको संक्रमण बढिरहे के गर्ने भन्ने कुरा सरकारले ल्याउन लागेको गाइडलाइनले स्पष्ट पार्नु पर्ने पराजुलीको भनाई छ ।