इटहरीः दशैंको समयमा हरेक वर्ष विशेष महत्वका साथ इटहरीमा मनाइने दुुर्गापूजा यस पटक पनि भव्य रूपले मनाइने भएको छ । आज भएको सरोकारवालाको छलफलले दुुर्गा पूजालाई व्यवस्थित बनाउन एक समिति बनाएको छ ।
इटहरी–८ का वडाध्यक्ष रोहितकुमार चौधरीको संयोजत्वमा १० सदस्यीय समिति बनाइएको हो । समितिको उपाध्यक्षमा भोलामान श्रेष्ठ र विष्णुु कार्की, सचिवमा वासुुदेव कर्ण, कोषाध्यक्षमा मीना बस्नेत, सहकोषाध्यक्षमा सन्दीप शाह रहेका छन् । त्यसैगरी सदस्यमा रत्नबहादुर अधिकारी, गणेश रिमाल, तुलसीराम आचार्य, मनिका कटुवाल, रुपेश ठाकुर रहेका छन् ।
इटहरी ८ संगम चाैकमा घटस्थापना देखि शुरू हुने पुजालाई व्यवस्थित बनाउन ५ उपसमिति समेत गठन गरिएको छ । अर्थ सङ्कलन उपसमितिमा भीष्म निरौला, मन्दिर तथा पूजा व्यवस्थापन उप समितिमा पण्डित आश्विन नेपाल, सांस्कृतिक कार्यक्रम तथा प्रचार प्रसार उपसमितिमा गुरु ढकाल, प्रसाद व्यवस्थापन उप समितिमा गोमा पोख्रेल र सरसफाइ तथा स्वयम्सेवक उप समितिमा दीपेन्द्र ठाकुर संयोजक रहेका छन् ।
प्रचारप्रसार उपसमितिका संयोजक गुरु ढकालले हरेक दिन सरसफाइ कार्यक्रम गर्ने र नौरथाभर साँझमा सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।