विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ की सांसद सरिता थापाले हावा चल्दा र पानी पर्दा बिजुली जाने परिपाटीले उज्यालो प्रदेशको सपना साकार नहुने बताएकी छन् ।

प्रदेशसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै थापाले पहाडी जिल्लाहरुमा धेरै स्थानमा हावा चल्दा र पानी पर्दा बिजुली जाने गरेको उनले बताईन् । सासंद थापाले सुनसरीको दुहबी प्रसारण लाइनको क्षमता १४ मेघावाटको रहेकोले समस्या भईरहेको भन्दै प्रसारण लाइन विस्तार र क्षमता अभिवृद्धिमा ध्यान दिइनु पर्ने बताइन् ।

वर्षो देखिको यो समस्या अझै पनि दिर्घकालिन समाधान हुन नसकेको भन्दै सांसद थापाले दिर्घकालिन विकल्प खोज्नु पर्ने बताएकी छिन्।

संखुवासभा, तेह्रथुम र भोजपुरबाट पनि विद्युत उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको तर क्षमता भने नबढाइएको सांसाद थापाले बताइन । उनले भनिन्,”प्रसारण लाइनको क्षमता बढाउनु पर्छ । खासगरी बिजुलीको भोल्टेजको समस्याले जनतालाई सास्ती भएको छ । हावा चल्दा र पानी पर्दा पनि लाइन जान्छ । काठ र बाँसका पोल हटाएर पक्की पोल लगाउनु पर्छ ।”