विराटनगर: मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवाको शुक्रबार मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

दिनेशलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो।

रासस