इटहरी: स्थानीय तहको निर्वाचन पछि दमक नगरपालिका आफूले गरेको एउटा निर्णयका कारण चर्चित बन्यो ।
उनले दमकको लागि धिमाल जातीलाई रैथाने भनि सम्मान गर्दै दमकको पहिलो नागरिक घोषणा गरे ।
धिमाल जातीप्रति गरिएको यो सम्मानको एउटै आधार थियो, ऐतिहासिकता । पालिकाका पुराना स्थानीयवासीको रुपमा रहेका धिमाल जातिलाई सम्मान गरि रहँदा नगरपालिकाको चर्चा चुलिएको थियो ।
सोही सेरोफेरोमा इटहरीमा पनि पहिलो नागरिक बनाउने चर्चा चलेको छ । इटहरीमा भने थारुहरुको ऐतिहासिकताजोडिएको छ ।
इटहरीका पुराना वासिन्दा थारुहरु हुन् । यहाँका सबैविकास र मानव बसोबासको सुरुवात थारुसँग जोडिन्छ । मुख्य गरेर इटहरी उपमहानगरको बारेमा कुरा गर्दा जग्गा दान देखि त्यहाँभएका संरचना लगायतका स्थानमा पनि थारुहरुको योगदान छ । भलै योगदानको राम्रो कदर नभएको चर्चा थारु समुदायबाट सुनिन्छ । तर इटहरीको विकासमा थारुको योगदानलाई कसैले मेटाउन नसक्ने इटहरीका युवा मदन चुडाल बताउँछन् । त्यसैले इटहरीम ाथारुलाई प्रथमन ागरिक घोषणा गर्नुपर्ने माग थारु तथा गैह्र थारुहरुबाट उठिरहेको छ ।
पुरानो ईतिहास हेर्दा कुनै समय शतप्रतिशत सम्म थारुहरुको बसोबास रहेको इटहरीमा विगत लामो समय देखि त्यो अनुपात घट्दो छ २०६८ सालको राष्ट्रिय जनगणना अनुसार इटहरीमा थारु जातिको संख्या करिब १९ प्रतिशत मात्रै देखिन्छ १ लाख ४० हजार ५ सय १७ जनसंख्यामध्ये जम्मा २७ हजार २ सय १० मात्रै रहेका छन् । जसको कारण इटहरीमा थारु जातिमात्रै नभई उनीहरुको संस्कृतिपनि संकटमा परेको छ ।
उनीहरुका बालबच्चाहरु विद्यालय र परिवारको भाषा फरक हुने भएकाले आफ्नो मातृभाषा भुल्न थालेका छन् । थारु भाषा जानकार शुशिला चौधरी हरेक नागरिक समान भएपनि इटहरीका हकमा अरु जाति भन्दा थारु जातिलाई विशेष सम्मान गर्नुपर्ने तर्क राख्छिन् ।
दमक नगरपालिकामा धिमाललाई जातिलाई पहिलो नागरिक मान्दा इटहरीमा थारु जाति पहिलो मान्नु पर्ने उनको भनाई छ । यसका लागि अहिलेको समय उपयुक्त रहेको बताउँदै थारुको छोरा मेयर भएको बेलाथारु जातिलाई पहिलो नागरिक घोषणा गर्दा मेयरको नाम ईतिहासमा लेखिने उनको बुझाई छ ।

यस्तै थारु भाषाका जानकार प्राज्ञ रामधामीले भने थारु भाषालाई संरक्षण गर्नु पर्ने माजोड दिए । शुसिला चौधरीको भनाईलाई समर्थन गर्दै धामीले इटहरी उपमहानगरपालिकामा नेपालीपछि कामकाजको भाषामा थारु भाषालाई प्रयोग गर्नु पर्ने उनको भनाई छ ।
यसका लागि थारु जातिले माग गर्नु पर्ने र मेयर द्वारिकलाल चौधरीले विशेष भुमिका निर्बाह गर्नु पर्नेमा धामीले जोड दिए ।

यता इटहरीकी उपमेयर लक्ष्मी गौतमले यस विषयमा नगरबासीसगँ छलफल गरी अध्ययन गरिने बताउँछिन् । थारु जातिलाई अपनत्व हुने गरी केही कार्य गर्ने योजना रहेको उनको भनाई छ ।