इटहरीः आज विश्व पर्यटन दिवस हो । विश्वमा विविध कार्यक्रम गरेर यो दिवस धुमधामसँग मनाइन्छ । इटहरीमा पनि विभिन्न सङ्घ संस्थाहरूले यो दिवस मनाएका छन् । बिहानै होटल एसोसिएसन इटहरी, होटल प्रिमियर स्कुललगायतका संस्थाले इटहरीको मुख्य बजारमा र्याली निकालेका छन् ।

1 copy

सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ । पर्यटन वास्तवमा संसारको सबैभन्दा ठूलो उद्योग हो । हामी घरमा बसिरहेका छांै या कतै यात्रा गर्दैछाँै, हुन सक्छ कुनै अपाङ्गता या चोटपटकका कारणले या साना बच्चा भएका कारणले कुनै परिवार या धेरै पाका उमेर भएका कारणले वृद्धवृद्धा कहीँ कतै घुम्न जान या पर्यटनको लाभ उठाउनका लागि वञ्चित भइरहेका होलान्, तर ढिलो या चाँडो पर्यटनको विश्वव्यापी सहज पहुँच र पर्यटनको फाइदा सबै जनाले प्राप्त गर्न पाउनुपर्दछ ।

2 copy

सहज पर्यटन संसारका सबै जनाको पहुँचमा हुनुपर्दछ । जसले गर्दा पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्न सकियोस् । विश्व पर्यटन दिवसको दिन पर्यटनको महत्व र सहज पहुँच अनि पर्यटनको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका बारेमा व्यापक रूपमा जानकारी र छलफल गरिन्छ । संसारको छानोको उपमाबाट प्रसिद्ध नेपालले सहज, सुलभ र सुरक्षित पर्यटनका आधार खडा गर्न जरुरी छ । प्राकृतिक सम्पदाले हामी एकदमै धनी भए पनि धेरैजसो प्राकृतिक मनोरम दृश्यावलोकनका लागि दुर्गम ठाउँ जानुपर्दछ । त्यस्ता ठाउँमा सहज यातायातको साधन उपलब्ध हँुदैन । सहज बाटो छैन । ती ठाउँमा होटलको उचित प्रबन्ध, स्वास्थ्य सुविधा अनि सुरक्षाको उचित प्रबन्ध हुनु जरुरी छ । त्यसतर्फ हाम्रो ध्यान चाँडै पुग्नु जरुरी छ ।
4 copy

3 copy