इटहरी: आइतबार विहानै देखि प्रदेश एक सहित धेरै स्थानमा भारी वर्षा भईरहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रदेश एकका तराईका जिल्ला, झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा बिहानै देखि भारी वर्षा भइरहेको छ ।

विभागले इटहरी, धरान, विराटनगर लगायत मुख्य शहरका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरेको हो । यस्तै सुनसरी खोला, बुढीखोला, खेसरीया, लोहन्द्रा खोला लगायतमा बाढी आउन सक्ने भन्दै उच्च सुतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ ।