इटहरी: आज बिहान सप्तकोशी नदीमा दाउरा निकाल्न गएका १४ वर्षीय बालक बेपत्ता भएका छन् ।

सुनसरीको बराहक्षेत्र ७ घर भएका बालक अनिल बस्नेत गाउँले सहित खोलामा दाउरा निकाल्न गएका र अहिले सम्म नभेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर पाण्डप कुमार राजवंशीले जानकारी दिए ।

गाउँले र प्रहरी टोलीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।
प्रहरीले केही दिन अघि देखि खोलामा पसेर दाउरा मुडा ननिकाल्न भनेपनि प्रहरीको आखाँ छलेर स्थानीय खोला जाने गरेको प्रहरीको भनाई छ ।