विराटनगरः सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नम्बर १ को तदर्थ समितिको अध्यक्षमा भुपेन्द्र नेम्वाङ चयन भएका छन् ।
विराटनगरमा असोज ९ गतेदेखि भएको प्रदेश भेलाले परामर्श प्रक्रियाबाट नेम्वाङलाई प्रदेश समिति अध्यक्षमा चयन गरेको केन्द्रीय सदस्य पदम अधिकारीले जनाए ।

प्रदेश समितिको नेतृत्वको लागि प्रवीण चाम्लिङ र नेम्वाङबीच छलफल हुँदा नेम्वाङ सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । ५१ सदस्यीय कार्यसमितिका पदाधिकारीको चाँडै पद बाँडफाँड हुने बताइएको छ । प्रदेश कार्यालय कहाँ राख्ने भन्ने बारेमा पनि चाँडै निर्णय हुने बताइएको छ ।

मंसीरमा प्रदेश अधिवेशन गरिने
अध्यक्ष नेम्वाङका अनुसार मंसीरभरीमा प्रदेश अधिवेशन गरिने निर्णय भएको छ । अधिवेशनअघि नै प्रदेश कार्यालयको टुङ्गो लाग्ने नेम्वाङले बताए ।

समितिको सदस्यमा दुर्गामाया लिम्बू, दिपेश राई, धु्रवकुमार सुब्बा, सविता यादव, तेजनारायण चौधरी, रामकुमार यादव, लोकसागर साँवा र दुर्गामणि सुवेदी रहेका छन् ।

त्यस्तै, केशरमान गुरुङ, गीता यादव, प्रेम बनेम, सुरेन्द्र सुहाङ, लालबहादुर रहपाल, सूर्यमान निलेखु, कृष्ण कटुवाल र धनकुमार सांयोग तदर्थ समितिमा छानिएका छन् ।

चन्द्र मादेन, नरबहादुर बस्नेत, आशा राई, गणेशकुमार राई, सुरेश भट्टराई, बातेम्बा शेर्पा, लीला सुनुवार, विनोद नेम्वाङ, केदार धिमाल, कमन देवान, अग्निमाया मेचे, महेशकुमार रानामगर र भरत याख्खालगायत सदस्य रहेका छन् ।


sanghiya samajbadi bandaa satra