बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकाको पहिलो समाचारपत्र कोशी सम्मान साप्ताहिक सोमबारदेखि ८ औं बर्षमा प्रवेश गरेको छ। साबिकको महेन्द्रनगर गाबिस ४ मा आफ्नो कार्यलय स्थापना गरि पहिलोपटक यस क्षेत्रको पत्रकारिता सुरुवात गर्ने सो समाचारपत्रले सोमबार एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।
बराहक्षेत्र सामुदायिक पत्रकारिताका बिकासका चुनौती र संभावना नामक अन्तरक्रिया कार्यक्रममा कोशी सम्मान साप्ताहिकका सल्लाहकार र रणबिर दासको सभादक्ष्यता थियो भने नेपाल पत्रकार महासंघ सुनसरी साखाका अध्यक्ष अमर खड्का प्रमुख अतिथी रहेका थिए।
नेपाल प्रेस युनियन सुनसरी शाखा सभापति पवन अधिकारी बिशिस्टअतिथी रहदा ग्रामीण पत्रकार समुहका निबर्तमान अध्यक्ष बाबुराम कार्की, बराह टिभिका संचालक खड्ग लिम्बू, समृद्ध बराहक्षेत्र साप्ताहिकका प्रबन्धक प्रदिप चौधरी लगाएत स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
शुभकामना मनतब्य सहितको अन्तरक्रियामा बोल्दै ग्रामीण पत्रकार समुहका निबर्तमान अध्यक्ष बाबुराम कार्कीले पत्रकारीतामा धेरै संभावना रहेकोले निरन्तरतामा लाग्नुपर्ने बताए । उनले साइकलबाट पत्रकारीता सुरुवात गरेका पवन अधिकारीले अहिले नेपालका २४० मिडिया हाउसमा आर्थिक सहयोग गरि उल्लेखनीय काम गर्न सफल भएको उदाहरण समेत प्रस्तुत गरेका थिए ।
नेपाल प्रेस युनियन बराहक्षेत्रका संयोजक संगम बिस्टले यहाँको स्थानीय सरकारले नियम र नितिसम्मत पत्रकारलाई व्यबहार गर्नुपर्ने पावर, पहुँच तथा राजनीतिक आडमा कसैलाई काखी च्याप्न नहुने बताए।
त्यसैगरी कार्यक्रमका बिशिस्ट अतिथी पवन अधिकारीले पनि आफुले थुप्रै संघर्ष गरेर आज यस स्थान सम्म आइपुगेको बताउँदै बिगत डेढ दशक अगाडिसम्म साइकलमा पत्रीका बितरण गर्दै हिडेको दिनको स्मरण गर्दै उनले संञ्चार माध्यममा इच्छाशक्ति, संघर्ष र निरन्तरता भएमात्र सफलता प्राप्त हुने बताए। बराहक्षेत्रका पत्रकारहरुको एकीकृत संस्था ग्रामीण पत्रकार समुहको अक्षयकोषमा रु. २५ हजारको सहयोग गर्ने घोषणा समेत अधिकारलिे गरेका छन् ।
यता प्रमुख अतिथि अमर खड्काले बराहक्षेत्रमा पत्रकारिता गर्नेहरुलाई चुनौती र संभावना दुबै रहेको बताए।
यहाँका बिकास, संभावना, स्थानीय सरकारले गरेका सबल र दुर्बल दुवै खाले कामहरु आफ्नो संञ्चार माध्यममा प्रस्तुत गरि स्थानीय सरकार र जनतासँग राम्रो सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए। उनले भने, बराहक्षेत्रमा राम्रो मिडिया हाउस नहुँदा पत्रकारिता गर्न चाहनेहरुको लागि आर्थिक कठिनाइ अबश्य छ। तथापि यहाँ कृषि, पर्यटन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको अथाहा संभावना भएकाले फड्को मार्न भने निश्चय सकिन्छ।
विभिन्न चुनौतीका बाबजुत पनि बिगत ७ औं बर्षदेखि आजसम्म यस क्षेत्रमा कोशीसम्मान पत्रीका निरन्तर अगाडि बढाइरहेका हिरण्य कार्कीले पछिल्लो समय बराहक्षेत्रका पत्रकारहरुमा एकरुपता नभएको बताए। उनले यहाँको स्थानीय सरकारको र केही स्थानीय पत्रकारको पछिल्लो गतिविधिलाई हेर्दा पत्रकारकै बिचमा अन्तरद्वन्द्व रहेकोले त्यसलाई चिरेर अगाडि बढेमात्र सबैको हित हुने स्पष्ट पारे।
साथै उनले कोशी सम्मान साप्ताहिकले २० हजार बराबरको अक्षय कोष स्थापना गरि प्रत्येक बर्ष यस क्षेत्रका एकजना पत्रकारलाई सम्मान गर्ने समेत घोषणा गरे।