संखुवासभा :खाँदबारीमा हिमतालको भबिस्य तथा जोखिमको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साङ्गिला आम संचार प्रतिष्ठानको संम्योजकत्वमा, अरुण सन्देश अनलाइन पत्रीकाको ब्यावस्थापन र अरुण इन्जिनियरिङ तथा रिसर्च प्रालि को प्राबिधिक ब्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जुम एप मार्फत हिमतालको भबिस्य तथा जोखिमको सम्भावना तथा संखुवासभाको हिमाली भेगको भौगोलिक अवस्था र जोखिम को विषयमा डा.अरुण श्रेष्ठले कार्यपत्र दिएका थिए । त्यस्तै मकालु बरुण राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख चन्द्र शेखर चौधरीले मकालु बरुण राष्ट्रिय निकुञ्ज भित्र पर्ने हिमतालको भौगोलिक स्थिती, त्यसको जोखिमको विषयमा प्रस्तुती दिएका थिए ।

अरुण भ्याली इन्जिनीयरीङ्ग तथा रिसर्च प्रालिका प्रवन्धक निर्देशक इसाक राईले आफ्नो प्रस्तुतीमा तल्लो बरुण हिमताल जोखिममा रहेको कुरा आफ्नो कार्यपत्रमा प्रस्तुत गरे उक्त हिमतालको माथिल्लो भाग वरुण नदिले कटान गरि ताल भित्र प्रवेश गरेर जोखिम हुन सक्ने बताए। साथै राईले डि.पि.आर. देखि अन्य प्राबिधिक सहयोग पनि निशुल्क रुपमा गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रदेश स्तरीय बिपत ब्यवस्थापन परिषदका सदस्य निर्मला तामाङ बस्नेतले यस विषयमा प्रदेश स्तरमै प्रस्ताब राखी खोज अनुसन्धान गरि कार्यान्वयन का लागि पहल गर्ने समेत प्रतिबद्धता जाहेर गरेकी छिन् । उनका अनुसार स्थानिय सरकार तथा प्रसाशन यस विषयमा अझ नजिक रहेर काम गर्नुपर्ने भएको हुनाले उनिहरु यस कार्यक्रममा उपस्थिती भएको भए अझ प्रभावकारी हुने बताईन् ।

जिल्ला समन्वय समिती संखुवासभाका प्रमुख सुमन शाक्यले निकट भबिस्यमै सरोकारवाला संघ संस्थाहरुसंग समन्वय गरि छिटै नै हिमतालले भबिस्यमा पुर्याउन सक्ने जोखिमका लागि ब्यवस्थापन तथा न्यूनीकरण गर्न पहल कदमी चाल्न जिल्ला समन्वय समिती सधै अग्रपंक्तिमा रहने प्रतिबद्धता जनाए ।
सम्बन्धित क्षेत्रका सरोकारवाला, सरकारी तथा गैरसरकारी संघ संस्थाहरु तथा जिल्लाका राजनैतिक दल सुरक्षाकर्मी तथा पत्रकारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।