इटहरीः आज प्रदेश न. १, प्रदेश न. २ र बाग्मती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अनुसार आज प्रदेश देशभर बाँकी स्थानमा आंशिक बदली हुने र अपरान्ह पछि सामान्य बदली रहने विभागले जनाएको छ ।

विभागका अनुसार आज राति प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले , भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।