इटहरीः मोरङको सुन्दरहरैंचा–५ स्थित खोक्सीमा बेवारिशे शव फेला परेको छ । विगत ३ वर्षदेखि सोही स्थान आसपासमा बसी मागेर गुजारा गर्दै आएका एक वृद्धको शव फेला परेको हो ।

पोखरेल थर बताउने उनी अकस्मात बिरामी परेर पछिल्लो समय बोल्न नसक्ने भएका थिए । वडाध्यक्ष राम रिजालका अनुसार नेपाल प्रहरीको सहयोगमा उनको सनाखत गर्ने काम भइरहेको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइने उनले बताए ।