विराटनगरः प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा मंगलबार सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका छन् । बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ कोरोना भाइरस बढी संक्रमण देखिएको जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले आगामी दिनमा चाल्नु पर्ने कदमहरुका बारेमा सुझाव दिएका थिए । सरोकारवालापक्षहरुले दिएको सुझावको आधारमा थप कदम चालिने मुख्यमन्त्री शेरधन राईले बताए । विज्ञ र सरोकारवाला पक्षहरुले आवश्यकता, समन्वय र ठाउँ अनुसार मात्र लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।
मुख्यमन्त्री राईले तीनै तहबीच आवश्यक समन्वय हुनु पर्ने बताउनुभयो । तीनै तहबीच आवश्यक समन्वय हुनुपर्छ मुख्यमन्त्री राईले भने कोभिड १९ मा तीनै तहबीचको आवश्यक समन्वयका कारण कोभिड महामारी नियन्त्रणको काममा सहज भएको बताए । कतिपय अवस्थामा समन्वय नभएको हुन सक्छ, तपाईहरुको सुझावको आधारमा थप समन्वय र सहकार्य हुनेछ मुख्यमन्त्री राईले भने ।

cm zoom meeting
झापा, मोरङ्ग, सुनसरी, उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको बारेमा जानकारी गराएका थिए । उद्योगी व्यवसायीहरुले नीजि अस्पताल र होटलहरुलाई पनि आइसोलेशन बनाउन सुझाव दिएका थिए । उनिहरुले पनि लकडाउन गर्दा समन्वय गरेर मात्र गर्नुपर्ने नत्र लकडाउनको कुनै अर्थ नरहने बताएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरुले अस्पतालहरुबीच समन्वय गर्नुपर्ने बताउनुभयो । दिर्घरोगीहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने लगायतका उनिहरुको सुझाव थियो । स्वास्थ्य क्षेत्रबाट डा. सञ्जीव शर्मा, डा. सूर्य पराजुली, पंकज खतिवडा, डा. मोहन, डा.शंकर अधिकारीको उपस्थिति थियो । नगरपालिकाहरुबाट सूर्योदय नगरपालिका आरबी राई, विर्तामोड नपा, ध्रुव सिवाकोटी, दमक नपा, रोमनाथ ओली, रंगेली नपा, दिलिप अग्रवाल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले सुझाव दिनएका थिए । सुरक्षा निकायका प्रमुखहरुले सिमा सुरक्षा लगायतका बारेमा जानकारी गराएका थिए ।