विराटनगरः नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा रोहितकुमार लुइँटेल निर्वाचित भएका छन् । ४ वर्षे कार्यकालमध्ये पहिलो २ वर्षे कार्यकालका लागि लुइँटेल विजयी भएका हुन् । शुक्रबार विराटनगरमा सम्पन्न आठाैं महाधिवेशनले सर्वसम्मत रूपमा कुल ४ वर्षे कार्यकालको अध्यक्षमा लुइँटेल र भोजराज बस्नेतलाई निर्वाचित गरेको थियो ।
महाधिवेशनले उपाध्यक्षमा विनोद सुवेदी, हरि कोइराला, कौशल निरौला र जितेन्द्रनारायण ठाकुर (समावेशी), सचिवमा गोपालप्रसाद पोखरेल र कोषाध्यक्षमा केशव न्यौपानेलाई चयन गरेको छ । सह–सचिवमा रञ्जिता पोखेरेल, विवेक मिश्र र धिरज दाहाल तथा खुला सदस्यतर्फ मणिराम दाहाल, अशोक गौतम, अनुज सापकोटा, भीमराज अधिकारी र सुजन निरौला चयन भएका छन् ।
महिला सदस्यमा जीनाजंग कार्की, रोशिका अधिकारी, निशा दाहाल, आदिवासी सदस्यमा रश्मिता उदास, मधेशी सदस्यमा वीरेन्द्रकुमार साह र पिछडिएको अल्पसंख्यकमा सोनुकुमार दास सर्वसम्मत निर्वाचित भएका छन् ।
यसअघि पूर्वमन्त्री आनन्दप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रमा शैलजा आचार्य स्मृति अग्रज पत्रकारिता पुरस्कार मदनबाबु प्रसाईं, युवा पत्रकारिता पुरस्कार नरेन्द्र बस्नेत, महिला पत्रकारिता पुरस्कार रञ्जिता पोखरेल, रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार कुमोद अधिकारी र अम्बे मुरारी महिला पत्रकारिता पुरस्कार सुशीला पाठकलाई प्रदान गरियो । ती पुरस्कारको राशी नगद ११ हजार रुपैयाा छ ।
आचार्य स्मृति पत्रकारिता पुरस्कारका संरक्षक काङ्ग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, रिजाल पत्रकारिता पुरस्कारका संरक्षक सुभाष रिजाल र अम्बे–मुरारीका संरक्षक भारती उपाध्याय रहेका छन् । कार्यक्रममा पत्रकार शेखर रेग्मी, सुनिल पोखरेल, ब्रम्हदेव यादव, कौशल निरौला र प्रशान्त निरौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा काङ्ग्रेस नेता ढुङ्गाना, केन्द्रीय सदस्य अमृत अर्याल, पूवमन्त्री नवीनराज जोशीलगायतले लोकतन्त्रलाई बलियो बनाउन प्रेसको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।